सोलुखुम्बुमा ८२ प्रतिशतभन्दा बढी घर पुनःनिर्माणको काम सम्पन्न

सोलुखुम्बुमा ८२ प्रतिशतभन्दा बढी घर पुनःनिर्माणको काम सम्पन्न

२० भाद्र, सोलुखुम्बु । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी घर निर्माण भएका छन् ।

जिल्ला भरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६ सय ७३ घर प्रमाणित भएकोमा पुन निर्माणतर्फ १२ हजार ४ सय २८ र प्रबलीकरणतर्फ एक हजार दुई सय ४५ घर रहेका थिए ।

पुन निर्माणमा परेका भूकम्प पीडितमध्ये असारको अन्त्यसम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार २ सय ४० पीडितले तेस्रो किस्ता रकम लिइसकेका छन् । जुन कुल निर्माण संख्या मध्ये ८२.३९ प्रतिशत हो ।

कुल लाभग्राही मध्ये १२ हजार २ सय २२ जनाले जग हाल्नका लागि पहिलो किस्ता बापतको ५० हजार रकम लिएका छन् भने घरको जग निर्माण गरेर ११ हजार ३२ लाभग्राहीले दोस्रो किस्ताको १ लाख ५ हजार रुपैँया बुझेका छन् ।

प्रबलीकरणतर्फ ९ सय ७० लाभग्राहीले काम सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय सोलुखुम्बुका प्रमुख विमलप्रसाद बरालले जानकारी दिनुभयो ।

हालसम्म आवास पुन निर्माणका लागि करिब ३२ अर्व २४ करोड रुपैँयाभन्दा बढी रकम निकासा भइसकेको कार्यालयले जनाएको छ ।

आवास पुनः निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपैँया पाउने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपियाँ र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख रुपियाँ पाउने प्रावधान छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर