प्रदेश
प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्
१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..
प्रदेश–१ को प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित
२६ माघ, विराटनगर । प्रदेश–१ सरकारको प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित भएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फाल्गुन ९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो । आईतवार दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।
प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा
२५ माघ, विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश–१ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको..
मुलुककै सबैभन्दा ठुलो र अत्याधुनिक विद्युत प्रसारण लाइनको प्रधानमन्त्रीद्धारा उद्घाटन
१८ माघ, धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा ऊर्जा क्षेत्रको विकास महत्त्वपूर्ण भएको बताउनुभएको छ । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो अत्याधुनिक विद्युत प्रसारण लाइनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि काम गरेका कारणले नै मुलुक लोडसेडिङमुक्त भएको बताउनुभएकाो हो । उहाँले प्राविधिक समस्याका कारण कहिलेकाहीँ बत्ती जाने समस्या हुने गरेको र त्यसको दीर्घकालीन समाधानका लागि यस्ता प्रकारको प्रसारण लाइनको भूमिका महत्त्वपूर्ण..
कंञ्चनपुरको गड्डाचौकी नाका भोलिदेखि खुल्ने
१६ माघ, कंञ्चनपुर । नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सिमानाका आज देखि खुला गरेको भए पनि कंञ्चनपुरको गड्डाचौकी नाका भने भोलि शनिवारदेखि मात्र खुला गर्ने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेपछि भोलि देखि गड्डाचौकी नाका खुला हुने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनुभयो । सीमा नाका खुला भएसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्ने..
प्रदेश–१ को प्रदेशसभा अवरुद्ध हुने सम्भावनाः नेकपाका दुई समूहले आ–आफ्नै रणनितिमा
७ माघ, विराटनगर । प्रदेश–१ को आज (बुधबार) बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक–अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको स्रोतले जनाएको छ । यद्यपि, अवरोधलाई चिर्न सभामुख प्रदिप भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको..
प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
४ माघ, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताउनुभएको छ । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उहाँको दाबी छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र प्रदेशलाई मन नपर्ने कानुन पनि बने होलान, तर ३ वर्षमा त धेरै कानुन बन्यो ।..
मुख्यमन्त्री शेरधन राईले ‘मिस मंगोल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैं
३ माघ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा विवाह गर्न लागेका छन् । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गरेको छ । तर, उहाँ को सँग विवाह बन्धनमा बाधिदैँछन् भन्ने खुलाइएको छैन । मुख्यमन्त्री राईको हुनेवाली को हुन् ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ । उच्च स्रोतका अनुसार मुख्यमन्त्री राई..
मोबाइलको विकासले परम्परागत पञ्चेबाजा बाजा लोप हुँदै
३ माघ, जाजरकोट । जाजरकोटको गाउँघरमा घन्किने नौमती तथा पञ्चेबाजा लोप हुँदै गइरहेको छ । पछिल्लो समय आधुनिक बाजा तथा मोबाइलको विकासले परम्परागत बाजा लोप हुँदै गएको स्थानीयहरू बताउँछन् । मौलिक संस्कृति बोकेका बाजा हराउन थालेपछि यसको संरक्षणमा स्थानीय सरकारले विशेष जोड दिनु पर्ने नलगाड नगरपालिका–३ कैनाका स्थानीय डिल्ली परियारले बताउनुभयो । अहिले निजी लगानी गरेर आफूहरूले बाजा संरक्षण अभियान गरिरहेको परियारले बताउनुभयो । ‘बाजा हराए हाम्रो कला, संस्कृति र..
चियापान कार्यक्रममा सरकारी बजेट खर्च गर्न नपाईने
२७ पौष, विराटनगर । प्रदेश–१ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश–१ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो । परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको बजेट पनि खर्च नगर्न भनिएको छ । कार्तिक २ गतेको परिपत्रमा भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७