प्रदेश

चियापान कार्यक्रममा सरकारी बजेट खर्च गर्न नपाईने
२७ पौष, विराटनगर । प्रदेश–१ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश–१ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो । परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको बजेट पनि खर्च नगर्न भनिएको छ । कार्तिक २ गतेको परिपत्रमा भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत..

मुख्यमन्त्री पौडेलद्धारा संसदीय दलका उपनेता र सचेतक पदमुक्त
१४ पौष, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको छ । आज मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको हो । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले नेताद्धयलाई हटाउनुभएको बताइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ । मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि..

गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन
१३ पौष, कास्की । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । जनमोर्चाको यो समर्थन संगै गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सरकार नढल्ने भएको छ । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्काे समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई..

अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई
१२ पौष, काठमाण्डौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री राईविरुद्ध आजमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको..

इलाममा बनेको शीतभण्डार प्रयोगविहिन
७ पौष, काठमाण्डौँ । इलाम नगरपालिकाले नौ वर्षअघि रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण विना लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म पनि प्रयोगमा आएको छैन । भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक..

गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई
१ पौष, विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संर्घषपछि आएको संघियतालाई कसैले पनि समाप्त पार्न नसक्ने वताउनुभएको छ । विराटनगर–१४ मा निमार्ण हुन लागेको प्रदेश स्तरीय जनस्वाथ्य प्रयोगशालाको शिलान्यास गर्नुहुदै उहाँले नेपाली जनताका लागी संघियता उपहार भएको भन्दै संघिय प्रणाली अन्र्तगत सरकारले धेरै काम गरेको वताउनुुभयो । केहि मानिस सडकमा संघियताको विरोधगर्दै अर्काे विकल्प चाहियो भन्छन् तर आफु सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारमा उनिहरुले देश र..

प्रदेश–१ सुरक्षा समन्वय समिती बैठक सम्पन्न, सीमा अपराधमा गम्भीर बन्ने
२१ मंसिर, विराटनगर । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार अन्तर जिल्ला सुरक्षा समन्वय सम्वन्धी सम्पन्न बैठकले सीमा अपराधमा गम्भीर बन्ने निर्णय गरेको छ । बैठकले सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने र सीमा क्षेत्रहरुमा हुने गैर कानुनी क्रियाकलापहरूलाई तीन वटै जिल्लाहरूको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने विषयहरुमा सहभागीहरु बिच छलफल भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारीहरु १ नं प्रदेश..

मनमोहन प्राविधिक विश्वविद्यालयमा मुख्यमन्त्रीद्धारा पारामेडिकल भवनको शिलान्यास
१२ मंसिर, मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास भएको छ । कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको हो । बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन विश्वविद्यालयको परिसरमै बन्न भवन समयमै सम्पन्न हुने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले प्रदेशमा..

प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीद्धारा स्वास्थ्य सामाग्री सहयोग
१० मंसिर, सुनसरी । प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयलाई एक वटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा..

विकास पहुँचको आधारमा होईन, आवश्यक्ताको आधारमा हुन्छः अन्त्री अर्याल
६ मंसिर, स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुँने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताउँनुभएको छ । आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने बताउनुभयो । “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।” उहाँले भन्नुभयो । हरेक जनताको..