कंञ्चनपुरको गड्डाचौकी नाका भोलिदेखि खुल्ने

कंञ्चनपुरको गड्डाचौकी नाका भोलिदेखि खुल्ने


१६ माघ, कंञ्चनपुर । नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सिमानाका आज देखि खुला गरेको भए पनि कंञ्चनपुरको गड्डाचौकी नाका भने भोलि शनिवारदेखि मात्र खुला गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेपछि भोलि देखि गड्डाचौकी नाका खुला हुने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनुभयो ।

सीमा नाका खुला भएसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्ने छन् । तर नाका खुले भए पनि तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको प्रशासनले जनाएको छ ।

आज सुदूरपश्चिमका कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएका छन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो । त्यस बिचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएको भए पनि भारतीय नागरिकलाई प्रवेश अनुमति बन्द गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर