मुख्यमन्त्री शेरधन राईले ‘मिस मंगोल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैं

मुख्यमन्त्री शेरधन राईले ‘मिस मंगोल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैं

३ माघ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा विवाह गर्न लागेका छन् । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गरेको छ । तर, उहाँ को सँग विवाह बन्धनमा बाधिदैँछन् भन्ने खुलाइएको छैन ।

मुख्यमन्त्री राईको हुनेवाली को हुन् ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।

उच्च स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लाग्नुभएको बताईएको छ । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।

तर प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गर्न लाग्नुभएको हो ।
स्रोतका अनुसार उहाँहरु करिब एक वर्षयता प्रेममा थिए ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ । मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ । दृष्टिन्युज

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270