प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा

प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा

२५ माघ, विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश–१ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ ।

सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको छ । परामर्श समितिको बैठक अघि ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच भएको छलफलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलगायतले आजको बैठक सुचना टाँसर स्थगित गर्नुपर्ने बताउनुभएको थियो ।

तर, प्रचण्ड–माधव समुहका सांसदहरु इन्द्रबहादुर आङवो, राजेन्द्रकुमार राई लगायतले बैठक कुनै हालतमा स्थगित गर्न नहुने र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेवल हुनुपर्ने माग रहेको सांसद आङबोले जानकारी दिनुभयो ।

‘मुख्यमन्त्री पक्ष आजको बैठक सूचना टाँसेर स्थगित गरौँ भनिरहेको छ तर हामीले मानेका छैनौँ । बरु आजको बैठक चलाएर अविश्वास प्रस्ताव टेबल भएपछि एकदुई दिन बैठक स्थगित गरेर त्यो बीचमा राजनीतिक सम्वाद गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो’, राईले भन्नुभयो, ‘सात गते सुरु भएको बैठक अझै स्थगित गर्नु राम्रो हुदैन ।’

तर आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले सहमतिका लागि दलहरुबीच छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270