प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्


१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो ।

बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँहरुलाई आग्रह गर्न चाहन्छु’, ओलीले प्रचण्डको नामै नलिइ भन्नुभयो, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उहाँले ‘तपाईहरुले यसको जबाफ दिनु भएको छ’ भन्दै आयोजकलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले सभास्थलमा मात्रै सडकमा बसेर पनि दशौँ हजारले भाषण सुनिरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सभास्थलमा मात्रै होइन मेरो दाहिने पट्टी नदेखिने गरी टाढासम्म जनसमूदायको उपस्थिति छ । मेरो देब्रेपछि पनि, त्यसैगरी विशाल जनसमूदाय तालजालीभन्दा बाहिर सडकसम्म छ । म आउँदा देखेँ, कार्यक्रमस्थलमा बस्ने ठाउँ नभएर कार्यक्रम सुनेर दशौ हजारको संख्यामा बाहिर सडकमा हुनुहुन्छ । तपाईँहरुको उपस्थितिलाई म सलाम भन्न चाहन्छु ।’
उहाँले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताउनुभयो । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उहाँले बताउनुभयो ।

ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेको काम देखेर विरोधीहरु छट्पटाएको आरोप पनि लगाउनुभयो । उहाँले तीन बर्षमा सरकारले असाधारण काम गरेको र त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको पनि बताउनुभयो ।

यस्तै प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उहाँले आफुलाई लोकप्रिय छौँ भन्नेहरु चुनाव किन डराएको भनी प्रश्न गर्नुभयो । उहाँले आफुहरुले निर्वाचनमा प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने चेतावनी दिनुभयो । उहाँले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिनुभयो ।

सम्बोधनको क्रममा उहाँले भन्नुभयो,‘अब हाम्रा दिदिबिहनीहरुलाई लाञ्छित गर्ने, आरोपित गर्ने, अथवा होच्याउने खालका दृष्टिकोणहरु लिनुहुँदैन् । हाम्रा आमा दिदिबहीनीहरुलाई बोक्सी भन्ने चलन अहिलेपनि गाउँघरमा कताकतै छ । त्यस्तो भ्रम अब हुन दिनुहुँदैन् । हामीले सम्झाउनुपर्नेछ । विभिन्न गलत प्रकारका कुप्रथाहरु, दहेजजस्ता अरु कुकप्रथाहरु, यस्ता प्रथाहरुलाई पनि हामीले जनतालाई सम्झाई बुझाई गरेर हटाउनुपर्छ । समाजमा अहिलेपनि केही क्रिमिनल तत्वहरु, सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशिल भएको देखिन्छ । निर्मला हत्या काण्डजस्ता घट्नाहरु, अहिले फेरि भागरथी हत्या काण्डजस्ता घट्नाहरु घटाउने अपराधीहरु, तपाईँहरुको अगाडि भन्न चाहन्छु निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने काण्ड होस अथवा भागरथी हत्या काण्ड होस, यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गएपनि छोडिने छैन् । विश्वका कुनै भागमा भागेर पुगेपनि छोडिनेछैन् । खोजेर ल्याएर भएपनि उनीहरुलाई कानूनी दायरामा राखिनेछ । कारबाही गरेर छोडिनेछ । दुई दिन चार दिन उम्किएला, तर सजाय पूरापुरका गरेर छोड्ने छैनौं । भागरथी र निर्मला हत्याका अपराधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270