प्रदेश

आठ महिनापछि लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल बढ्यो
६ मंसिर, लमजुङ । लमजुङको क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीका कारण सुनसान बनेको यहाँको होमस्टेहरुमा आठ महिनापछि पर्यटकको आवागमन बढेको हो । गत श्रावणसम्म यहाँका हामेस्टेहरु बन्द गरिएको थियो । भाद्र १ गतेबाट भने खुल्ला गरिएको थियो तर कहिलेकाहीँ दुई चार जनामात्र आउन थालेका थिए । अहिले भने दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका..

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन्..

दाङमा ट्रककको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु
२६ कार्तिक, दाङ । दाङमा ट्रककले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्युु भएको छ । गएराती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । मंगलबार साँझ करिब साढे ७..

विराटनगरमा मंगलबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु
२५ कार्तिक, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा मंगलबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । आज (मंगलबार) विहान ८ः३० बजे झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई कोरोना पोजिटिभ देखिएपछि कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो । त्यस्तै तेह्रथुमको म्याङ्लुङ–१० का ५७..

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्रदेश–१ मा सार्वजनिक विदा
२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा आज प्रदेश–१ मा सार्वजनिक विदा दिईएको छ । महागुरु फाल्गुनन्दलाई सामाजिक चेतना फैलाउने र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिने गरिन्छ । समाज सुधारक फाल्गुनन्दको जन्म बिक्रम संवत १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ (साविक इभाङ–५ चुक्चिनाम्बा)मा भएको थियो । बाबु जगुनबाज लिङदेन र आमा हंसमति..

बजेट अनुसार परिणाम देखिनुपर्योः सामाजिक विकास मन्त्री घिमिरे
२४ कार्तिक, सुनसरी । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज विराटनगरमा भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको हो । प्रदेश सरकारले चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई सात करोड देखि..

सीमा क्षेत्रमा खटिने प्रहरीलाई डिआईजी कार्कीको कडा निर्देशन
१८ कार्तिक, सुनसरी । प्रदेश–१ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनुभएको छ । सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश–१ प्रहरी कार्यालय विराटनगरमा डाकेरै डिआईजी कार्कीले तस्करसँग मिलेको जानकारी आएमा तत्काल कारवाही गर्ने चेतावनी दिनुभएको हो । संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को..

सरकारी कार्यालयमा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गर्न जादाँ हिरासतमा
१८ कार्तिक, पर्सा । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले चार घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका दुई जनालाई प्रहरीले चार घण्टा हिरासतमा राखेर छोडेको हो । भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् । आयुर्वेद..

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी
८ कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने तयारी शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक संञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव..