प्रदेश

प्रदेश–१ को मन्त्रिमण्डल विस्तारः सपथग्रहण आजै (नामावली सहित)
१३ चैत्र, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ । सर्वाेच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका..

मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको समय
११ चैत्र, काठमाण्डौँ । नेकपा एमाले प्रदेश–१ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ । बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत..

भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने
१० चैत्र, झापा । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलामको माइ नगरपालिका–१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश–१ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको उपचारको व्यवस्था प्रदेश–१ सरकारले गर्ने जानकारी दिनुभयो । चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले तयारी थालेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले इलामका प्रमुख जिल्ला अधिकारी..

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो
४ चैत्र, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताअघि तत्कालीन एमालेले २०७४ फाल्गुन ३ गते माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको..

होटल व्यवसायी महासंघ प्रदेश–१ को अध्यक्षमा राजेन्द्र दंगाल
२६ फाल्गुन, झापा । होटल व्यवसायी महासंघ प्रदेश–१ को अध्यक्षमा दमकका युवा व्यवसायी राजेन्द्र दंगाल मनोनित हुनुभएको छ । विर्तामोडमा सम्पन्न महासंघको प्रथम महाधिवेशनले .दङगालको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङगाना, तीन उपाध्यक्षमा गोविन्द थापा, देवीप्रसाद पौडेल र जेपी राई, महासचिवमा बासुदेव बराल, सचिवमा शिवकुमार अधिकारी, सहसचिव दिलकुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा..

प्रदेश–१ मा नेकपाको नयाँ अंकगणितः ओली पक्ष ३०, प्रचण्ड–माधव समुहमा ३५ सांसद
२० फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रदेश–१ नेकपाको संसदीय दलमा बलियो अवस्थामा रहेको प्रचण्ड–नेपाल पक्ष लगातार कमजोर बन्दै गएको छ । यो समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै आफ्नो पक्षमा टिकाउन नसक्दा मुख्यमन्त्री राई पक्षले सांसद संख्या बढाइरहेको छ । संसद् बैठक सकेसम्म लम्ब्याउने र अरू सांसद आफूतिर तान्ने सरकारी रणनीति सफल हुँदा प्रचण्ड–नेपाल समूह पहिलेको दाँजोमा कमजोर बनेको हो । यद्यपि..

अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल
२० फाल्गुन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावि गर्नुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उहाँको भनाई छ । आफ्नै दलको झण्डै दुई..

प्रदेश–१ को प्रदेशसभा बैठक आगामी चैत्र २ गते बस्ने
१९ फाल्गुन, काठमाण्डौँ । प्रदेश–१ को प्रदेशसभा बैठक आगामी चैत्र २ गते मात्र बस्ने भएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक फाल्गुन २० गते अपराह्न १ः०० बजे बस्ने आव्हान गरिएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब प्रदेशसभा आगामी चैतत्र २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले..

‘दाहाल–नेपाल–खनाल’ कम्पनीले मुलुकलाई अस्थिरतातर्फ लग्योः मुख्यमन्त्री राई
८ फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल–नेपाल–खनाल’ कम्पनीको संज्ञा दिनुभएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उहाँको आरोप छ । विराटनगरमा आज आयोजित नेपाको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले..

सभामुखले बैठक नबोलाएको भन्दै प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र
५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । हिजो साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले आज दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाउनुभएको थियो । तर बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो । ‘दलहरुबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक..