प्रदेश–१ को प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित

प्रदेश–१ को प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित


२६ माघ, विराटनगर । प्रदेश–१ सरकारको प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित भएको छ ।

आईतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फाल्गुन ९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो ।

आईतवार दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर