प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा
२७ श्रावण, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई..

प्रदेश–२ मा मन्त्रिपरिषद् विस्तारको तयारी
२ श्रावण, काठमाण्डौँ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । हिजो बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । महोत्तरी क्षेत्र नम्बर–१ को ‘ख’बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक..

प्रदेश–२ मा एमाले सांसदद्धारा सांसद विकास कोष खारेजीको माग
२६ असार, काठमाण्डौँ । प्रदेश–२ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गर्नुभएको हो । बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन भन्दै उहाँले प्रदेश सभामा प्रश्न गर्नुभएको छ । यसको जवाफ आज पनि पाउन नसकेको भन्दै सांसद विकास कोषको रकम बढाउने मागका कारण सहमती नजुटेका बताउनुभयो । ‘त्यसैले..

सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ
१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो । आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ..

कर्णाली प्रदेश सभाका तीन जना एमाले सांसद पुनः निलम्बित
११ असार, कैलाली । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको बताएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ । ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक..

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त
४ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्रीलाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई..

नवलपरासीको बौदीखोलामा निर्माणाधिन पुल बगायो
३ असार, नवलपरासी । अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलाको निर्माणाधिन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाखको लागतमा निर्माण..

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने
२ असार, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो..

कर्णाली प्रदेश सरकार जोगाउन माधव नेपाल समुहका ४ सांसद सक्रिय
१ असार, काठमाण्डौँ । कर्णाली प्रदेश सरकार जोगाउन पुनर्बहाली भएका नेकपा एमालेका चार सांसद सक्रिय भएका छन् । उनीहरु संसदीय दलको बैठकमा समेत अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन एमाले संसदिय दलको तर्फबाट पत्राचार गरिएको थियो । बैठकका लागि आमन्त्रण पत्रको..

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
३० जेष्ठ, काठमाण्डौँ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून..