ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य

ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य


५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो ।

आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास र्गयौं, बजेट पास र्गयौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ उहाँले भन्नुभयो, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’

त्यसपछि आफूले नेता नेपाललाई पनि वागमतीमा सरकार फेर्ने सहमतिबारे जानकारी गराएको शाक्यले बताउनुभयो । ‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास गर्याैं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भन्नुभयो,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’

नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वागमती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर