प्रदेश

बजेट पारित गरौँ, त्यसपछि प्रदेशको नाम टुङ्गो लगाऔँः मुख्यमन्त्री राई
३० जेष्ठ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको छ । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज उहाँले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गर्नुभएको हो । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै प्रदेशसभामा सरकारको आलोचना भइरहेको छ । मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको..

झापाको कचनकबलमा सर्पदंश उपचार केन्द्र संञ्चालनका लागि अनुमति
३० जेष्ठ, झापा । झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र संञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ । विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार..

मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने
३० जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले यो संगै विभिन्न निर्णयहरु गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आज विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो..

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
२९ जेष्ठ, कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नेपालीले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर..

बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग
२९ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्नुहुँदै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको छ । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो..

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको दावी
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले आज दावी पेस गरेका छन् । नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । नेपालीसँग..

गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ बमोजिमको प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि आज पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा भोली शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै..

आरजु राणालाई पराजित गर्ने कैलालीका नारदमुनि राना वन मन्त्री
२७ जेष्ठ, काठमाण्डौँ । शेरवहादुर देउवापत्नी आरजु राणालाई पराजित गरी कैलालीबाट निर्वाचित नेता नारदमुनि राना मन्त्री वन तथा वातावरण मन्त्रीमा नियुक्त बन्नुभएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गर्नुभएको र रानाले पद स्वीकार गरेको बताईएको छ । रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गर्नुभएको थियो । चुनावकै बेला नेता रानालाई मन्त्री..

विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत
२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको..

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त, सुदूरपश्चिम प्रदेश सरकार जोगियो
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा उहाँलाई ३० सांसदले विश्वासको मत दिएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गर्नुभएको हो ।