लुम्बिनीको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

लुम्बिनीको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित


७ भाद्र, वुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि एमाले आक्रोशित भएको छ ।

लुम्बिनी एमालेले कारवाही गरेका सांसद वली र शाहीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ । नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको छ ।

बैठक आधा घण्टाका लागि स्थगित सभामुख पुर्णबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर