
१७ भाद्र, काठमाण्डौँ । नेकपा एमाले प्रदेश–२ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
१० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गर्नुभभयो । सांसद शत्रुधन महतोले भन्नुभयो, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि सनाखत भएको छ ।’
प्रदेश–२ मा नेकपा एमालेका २१ सांसद थिए । माधव पक्षका भनिएका सुन्दर बहादुरविश्वकर्मा र सीता गुरुङले भने सनाखत गराउनुभएन । उहाँहरु अहिले काठमाडौंमा हुनुहुन्छ । महतोले उहाँहरुको भोलिसम्ममा सनाखत हुने बताउनुभयो ।
आज सनाखत गराउने सांसदहरु
१) शत्रुधन महतो
२) अशोक यादव
३) प्रमोद यादव
४) मदनसेन श्रीवास्तव
५) नागेन्द्र यादव
६) गोविन्द न्यौपाने
७) रवीन्द्र बैठा
८) मञ्जु यादव
९) हसिना खातुन
१०) बेची लुङ्गेली
११) दिल्ली उप्रेती



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७