प्रदेश

प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा अनेरास्ववियुले देखायो मुख्यमन्त्रीलाई कालो झण्डा
२० माघ, विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा अनेरास्ववियुले मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा आज बिहीबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मुख्यमन्त्री राईलाई कालो झण्डा देखाएका हुन् । विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झण्डा देखाईएको हो । अनेरास्ववियु केन्द्रिय कमिटीका उप–महासचिव भाष्कर खनालको नेतृत्वमा आएका..

प्रदेशमा प्रहरी विनाको गृहमन्त्री र पैसा विनाको अर्थमन्त्री छ, कसरी काम गर्ने ?‒मुख्यमन्त्री राई
२० मंसिर, झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेपालमा संघीयता नामको मात्रै रहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । संघिय सरकारले प्रदेश सरकालाई संविधानले कल्पना गरे अनुसारको अधिकार नदिएकाले प्रदेश सरकारले अपेक्षाकृत परिणाम निकाल्न नसकोको उहाँले बताउनुभयो । झापाको दमकमा नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादीको प्रदेश भेलामा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारका मन्त्रीहरुको हातमा कार्यकारीणी अधिकार नहुँदा समस्या भएको बताउनुभयो । ‘प्रदेशमा प्रहरी र..

झापाको कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने
कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र..

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिदै
३० कार्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुंदै छ । गत कार्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनुहुने छ । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । सोमबार सत्तारुढ पाँच दलिय..

मुगुको सदरमुकाममा भीषण आगलागी, २१ घर जलेर नष्ट
३० कार्तिक, मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुख्य बजार क्षेत्रमा रातीदेखि सल्किएको आगोले २१ घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मुगुको छायानाथ रारा नगरपालिका १ मा पर्ने गमगढीको मुख्य बजारमा राती १२ बजेदेखि आगो लाग्न सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । राती नै स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव भएको थिएन । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरु..

मन्त्री नभए दाम्लो चुडाउनेहरु धेरै भएः मुख्यमन्त्री राजेन्द्र राई
२७ कार्तिक, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ । आज शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराउनुभएको हो । ‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उहाँले भन्नुभयो, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन ।’ राम्रा मन्त्री..

वागमतीका नवनियुक्त १० मन्त्रीले सपथ लिए
२३ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज थप ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

सुदूरपश्चिमका दुई मन्त्रीद्धारा राजीनामा, एमालेमै फर्किए
२२ भाद्र, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेमै रहने निर्णय लिनुभएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिनुभएको हो । शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री हुनुहुन्थ्यो । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट मानिनुहुन्छ । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उहाँहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिनुभएको थियो । शाह नेकपा..

प्रदेश–२ का १६ सांसद लोसपामा आए
२१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रदेश–२ मा राहत मिलेको छ । प्रदेश–२ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने अन्तिम दिन आज प्रदेश २ प्रदेशसभामा १६ सांसद लोसपाको पक्षमा रहनु उत्साहजनक रहेको नेताहरु बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अधिकांश..

प्रदेश–२ मा एमालेका ११ सांसदले रोजे नेकपा (एस)
१७ भाद्र, काठमाण्डौँ । नेकपा एमाले प्रदेश–२ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गर्नुभभयो । सांसद शत्रुधन महतोले भन्नुभयो, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि..