प्रदेश–२ का प्रमुख राजेश अहिराज बर्खास्त, हरिशंकर मिश्र सिफारिस

प्रदेश–२ का प्रमुख राजेश अहिराज बर्खास्त, हरिशंकर मिश्र सिफारिस


३२ श्रावण, काठमाण्डौँ । प्रदेश–२ सरकारका प्रमुख राजेश अहिराज (झा)लाई सरकारले बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।

महोत्तरीको पिपरा गाउँपालिकाका उहाँ नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । वि.स. २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री बन्नुभएको थियो । उहाँलाई काँग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा प्रदेश प्रमुख सिफारिस गरिएको बताइएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर