प्रदेश

प्रदेश–१ सरकार अल्पमतमा, एमालेका १० सांसदद्धारा नेकपा (एस)को पक्षमा सनखत
१६ भाद्र, काठमाण्डौँ । प्रदेश–१ सरकार अल्पमतमा परेको छ । प्रदेश–१ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । आज निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका..

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण
१० भाद्र, विराटनगर । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हाल्नुभएको हो । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामना सहित बधाई दिनुभयो । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश–१ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
१० भाद्र, विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेकपा एमालेको सचिव समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश–१ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उहाँले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री..

लुम्बिनीको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
७ भाद्र, वुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि एमाले आक्रोशित भएको छ । लुम्बिनी एमालेले कारवाही गरेका सांसद..

लुम्बिनी प्रदेशः सभामुखलाई संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी
६ भाद्र, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज पत्रकार सम्मेलनको अयोजना गर्नुहुँदै प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेष्ठ १९ गते र जेष्ठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गर्नुभयो । एमाले संसदीय दलको सदस्यका हैसियतले..

ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य
५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो । आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी..

एमाले विभाजनसँगै प्रदेश–१ मा मुख्यमन्त्रीका लागि दैडधुप सुरु
५ भाद्र, काठमाण्डौँ । नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेको गठबन्धनले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन । सत्तारूढ गठबन्धनमा काँग्रेसलाई गण्डकी र सुदूरपश्चिम, माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको नेतृत्व दिने आन्तरिक सहमति भएको भन्ने आधारमा एकीकृत समाजवादीले सरकारको नेतृत्व..

नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष..

प्रदेश–२ का प्रमुख राजेश अहिराज बर्खास्त, हरिशंकर मिश्र सिफारिस
३२ श्रावण, काठमाण्डौँ । प्रदेश–२ सरकारका प्रमुख राजेश अहिराज (झा)लाई सरकारले बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । महोत्तरीको पिपरा गाउँपालिकाका उहाँ नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । वि.स. २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय..

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा नयाँ सरकार गठनका लागि आह्वान
२७ श्रावण, वुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ । यो समय जम्मा २४ घण्टाको समय हो ।