२२ भाद्र, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेमै रहने निर्णय लिनुभएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिनुभएको हो ।
शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री हुनुहुन्थ्यो । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट मानिनुहुन्छ । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उहाँहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिनुभएको थियो ।
शाह नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुनुहुन्छ ।