प्रदेश–२ का १६ सांसद लोसपामा आए

प्रदेश–२ का १६ सांसद लोसपामा आए


२१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रदेश–२ मा राहत मिलेको छ । प्रदेश–२ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् ।

अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने अन्तिम दिन आज प्रदेश २ प्रदेशसभामा १६ सांसद लोसपाको पक्षमा रहनु उत्साहजनक रहेको नेताहरु बताउँछन् ।

यद्यपि तत्कालीन राजपा नेपालका अधिकांश नेता–कार्यकर्ताको बाहुल्यता रहेको लोसपाले राजपाबाट निर्वाचित कतिपय जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन भने सकेन । तत्कालीन राजपाबाट प्रदेशसभामा २५ सांसद निर्वाचित थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर