मुगुको सदरमुकाममा भीषण आगलागी, २१ घर जलेर नष्ट

मुगुको सदरमुकाममा भीषण आगलागी, २१ घर जलेर नष्ट


३० कार्तिक, मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुख्य बजार क्षेत्रमा रातीदेखि सल्किएको आगोले २१ घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका १ मा पर्ने गमगढीको मुख्य बजारमा राती १२ बजेदेखि आगो लाग्न सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

राती नै स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव भएको थिएन । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरु एकअर्कासँग जोडिएकाले पनि क्षति धेरै भएको हो । मुगुमा दमकल नभएको हुनाले क्षति कम गर्न सकिएन ।

आगो लाग्नुको कारणबारे निश्चित भइनसकेको जानकारी प्रजिअ महतले दिनुभएको छ । मानवीय क्षति नभए पनि कराडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर