बजेटअघि विश्वासको मत लिन मुख्यमन्त्री कार्कीलाई राजेन्द्र राईको आग्रह

३१ जेष्ठ, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् । आज प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका हुन् । कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका..

कोशी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस

३१ जेष्ठ, विराटनगर । कोशी प्रदेश सरकारले कृषि क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ । जसमा तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराइने, कृषि वस्तु उत्पादन, भण्डारण, आपूर्ति, गुणस्तर नियमन..

उपसभामुख र आफ्नो उपनेतालाई गरेको दुव्र्यवहार प्रती एमालेद्धारा निन्दा

२५ जेष्ठ, इलाम । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्नो उपसभामुख र उपनेतालाई गरेको दुव्र्यवहार प्रती निन्दा गरेका छन् । आफ्ना दलका उपनेता राम राना मगर र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुव्र्यवहारको प्रति निन्दा भएको दलको तर्फबाट प्रतिक्रिया दिँदै कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् । सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना..

प्रदेश उपसभामुख दनुवार र पुर्वमन्त्री मगर माथी पहिचान पक्षधर समुहद्धारा आक्रमणको प्रयास

२५ जेष्ठ, इलाम । पहिचान पक्षधर कार्यकर्ताले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना मगरलाई इलाममा आज मोबिल छर्केका छन् । पहिचान पक्षधर समुहले इलाम नगरपालिका ११ स्थित सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमणको प्रयास सहित मोविल छर्केका हुन् । यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुव्र्यवहार गरेका छन् । उपसभामुख दनुवार सवार गाडीलाई रोकेर पहिचान पक्षधर समुहले आक्रमणको प्रयास गरेका थिए..

मुख्यमन्त्री कार्कीलाई राप्रपाको समर्थन यथावत रहने

२३ जेष्ठ, विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको बताएको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट..

कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित, माओवादीले समर्थन फिर्ता लिदै

२३ जेष्ठ, विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । माओवादी केन्द्रको आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने एक नेताले जानकारी दिए । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै राजीनामा दिने तयारीमा मन्त्रीहरू छन् । यसअघि सोमबार बसेको माओवादी संसदीय दलको बैठकले..

उपेन्द्र यादवले बोली फेरेः मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन नदिएको दाबी

७ भाद्र, काठमाण्डौँ । । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । साथै उनले aराउतलाई हटाउने योजना नभएको पनि बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो..

एमाले बहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा छः हिक्मत कार्की

५ भाद्र, झापा । । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पुर्व आन्तरीक मामिला मन्त्री हिक्मत कार्कीले नेकपा एमाले वहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा रहेको बताउनुभएको छ । आज झापाको दमकमा पत्रकारहरु संग भेटघाट गर्दै उहाँले एमाले प्रदेश १ संसदीय दलले प्रदेश नामको विषयमा कुनै पनि प्रस्तावित निर्णय नगरेको बताउनुभएको हो । ‘एमाले बहुपहिचानलाई स्विकार गरेर निर्वाचन लड्ने, घोषणा पत्रमा लेख्ने तर प्रदेश नामाकरणमा भने बहुपहिचान सहितको..

प्रदेश १ को कुन क्षेत्रमा कुन दलको दाबी ?

२१ श्रावण, काठमाण्डौँ । शीर्ष बैठकबाट गठित कार्यदलले काम थाल्नुअघि नै प्रदेश १ बाट माओवादी केन्द्र, नेकपा एस र जसपाले आ–आफ्नो हैसियत अनुसार सीट दाबी गर्न केन्द्रीय कार्यालयलाई अनौपचारिक रिपोर्ट पठाएका छन् । ती दलका प्रदेश संयन्त्रका पदाधिकारीहरूसँगको कुराकानीमा उनीहरूले अधिकतम सिट लिनका लागि नेतृत्वलाई आग्रह गरेका छन् । विगतको विजयी सीट र स्थानीय तहको चुनावको आधारमा समेत दाबी गरिएको नेताहरूको भनाइ छ । १४ जिल्ला रहेको प्रदेश १ मा..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

इलाम — मेची राजमार्गको इलाम नगरपालिका १ साँखेजुङस्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । सडकबाट करिब २ सय मिटर जिप खसेको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका २ सुम्बेकका चुडामणि घिमिरेसहित ताप्लेजुङ पाथिभरा..