काँग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काँग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने


२२ मंसिर, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । काँग्रेसले आउदो मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो ।

काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो । काँग्रेसले सडकसँगै सदनबाट पनि सरकारमाथि दबाब बनाउने नीति लिएको छ । त्यसका लागि संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष काँग्रेसको माग छ ।

राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू सँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको काँग्रेसको ठहर छ । काँग्रेसले वर्तमान सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोरोना महामारीको अव्यवस्थापनको पर्यायवाची बनेको आरोप लगाएको छ । साथै कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका विरुद्ध संघर्ष गर्नु परिरहेको काँग्रेसको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर