प्रधानमन्त्री ओलीद्धारा संसद विघटन गर्न सिफारिस

५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस..

ओली भेट्न बालुवाटारमा प्रचण्ड

५ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी कमिटि बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि हिजो भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो ।..

राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भयोः लालबाबु यादव

४ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको टिप्पणी गर्नुभयो । यादवले मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको बताउनुभयो । उहाँले नेकपा भित्रका ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग..

प्रधानमन्त्री ओलीको सक्रियता बढ्योः खुमलटार देखी पुल्चोक हुदै शीतलनिवास सम्म !

४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता बढेको छ । आज मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले आज भने आफै बाहिर निस्कनुभयो । त्यसका लागि उहाँ आज बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नुभयो भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नुभयो । करिव ६ बजे शीतलनिवास पुग्नुभएका ओली र..

प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत छैनः देव गुरुङ

३ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संघीय संसदका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कुनै व्यक्तिले प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत नभएको बताउँनुभएको छ । पार्टीले निर्णय गरेर संसदीय दलमार्फत प्रधानमन्त्री चयन गर्ने प्रक्रिया भएकाले यसलाई बहसमा ल्याउनु कसैका लागि राम्रो नहुने उहाँको भनाइ थियो । बुटवलमा आयोजित सर्वदलीय सर्वपक्षीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेता कार्यकर्तालाई आफ्नो अनुशासनमा रहेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो..

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष

३ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा प्रदेश–१ का आफु निकट नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको..

सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई आज नहुने

३ पौष, काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वाेच्चले जनाएको हो ।  

लक्ष्मण थारु–रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ पौष, काठमाण्डौँ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भईसकेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।..

राष्ट्रपतिसँग भेटेर मात्र अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाई

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेटेर अध्यादेश फिर्ता लिने बताउनुभएको छ । राष्ट्रपतिलाई एक पटक भेटेरमात्र अध्यादेश फिर्ता गर्ने नेकपाका आर्का अध्यक्ष प्रचण्डलाई प्रधनमन्त्री ओलीले बताउनुभएको स्रोतले जनाएको छ । हिजो आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, आज ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित हुँनुभएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले..

प्रचण्डसंगको छलफलपछि संवैधानिक परिषद्को बैठक स्थगित

२ पौष, काठमाण्डौँ । आज (बिहीबार) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएसँगै बालुवाटार पुग्नुभएका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गर्नुभएको हो । स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गर्नुभएको थियो । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिनुभएको..