राजनीति

प्रचण्ड निवास खुमलटारमा पाँच शिर्ष नेताको गोप्य छलफल
२७ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले भोलि (शुक्रबार)को सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ । आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए । भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र..

दुवै अध्यक्षको सहमतिमा नेकपा सचिवालय बैठक भोली बस्ने
२७ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भेली शुक्रबार बस्ने भएको छ । दुवै अध्यक्षको सहमतिमा भोलि अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ । आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ । नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा..

जनताको जनमतलाई बीचैमा छोड्ने कुरा हुन्नः प्रधानमन्त्री ओली
२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पार्नुभएको छ । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने समेत बताउनुभएको..

बामदेव गौतम मन्त्री बन्न पाउने
२६ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुल्ला भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले गौतमविरुद्धको अन्तरिम आदेश आज खारेज गर्दै राष्ट्रियसभामा क्रियाशील हुन पाउँने फैसला गरेको हो । सरकारको निर्णय बदर गर्न र मन्त्री बन्नबाट उनलाई रोक लगाउन माग गर्दै नेपाली कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो ।..

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने
२६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । केही समय अघि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित हुनुभएका सांसद गौतमको सांसदको योग्यता सम्बन्धी सर्वाेच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वाेच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश..

प्रधानमन्त्री ओली आज संखुवासभा जानुहुँदै (कार्यक्रम तालिका हेर्नुहोस्)
२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैहुनुहुन्छ । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेपछि पछि पहिलो पटक प्रधानमन्त्री ओली आज काठमाडौं बाहिर निस्कनुहुँदैछ । उहाँ दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । उहाँले संखुवासभामा सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुहुने छ । संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला..

ओलीको ‘ग्रीन सिग्नल’ पर्खेदैँ नेकपाका पाँच शिर्ष नेता
२५ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक राख्ने पक्षमा अझै पनि हुनुहुन्न । गत कार्तिक २२ गते नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि प्रधानमन्त्री ओली तयार हुनुहुन्न । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’..

नेपाल–भारत सम्बन्ध सुधारको पहल सुरुः उच्चस्तरीय भ्रमणको तयारी
२५ कार्तिक, काठमाण्डौँ । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल सुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् । सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ । सुरुमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी..

धुम्बाराहीमा नेकपा सचिवालयका बहुमत सदस्यको बैठक बस्ने तयारी
२५ कार्तिक, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक बोलाउनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह..

कोरोना संङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
२५ कार्तिक, काठमाण्डौँ । सरकारले लक्षण देखिएका कोरोना संङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले..