कुनै शक्तिसँग नझुक्ने भन्दै प्रचण्डलाई ओलीको चुनौती

कुनै शक्तिसँग नझुक्ने भन्दै प्रचण्डलाई ओलीको चुनौती

२१ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिनुभएको छ । आज स्थायी कमिटी बैठकमा सहभागी नहुनुको कारण उल्लेख गरी पत्र पठाउँदै उहाँले प्रचण्डलाई चुनौती दिनुभएको हो ।

ओलीले अर्का अध्यक्ष प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत यसअघिको प्रतिवेदनलाई सङ्गीन आरोपपत्रको संज्ञा दिनुभएको छ । उहाँले पत्रमा लेख्नुभएको छ, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ।’ प्रचण्डले स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेर फौजदारी आक्षेपहरु लगाएको भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले प्रचण्डलगायत वरिष्ठ नेता माधवकुमार नेपालसहितको समूहतर्फ संकेत गर्दै ‘खेलको उत्तराद्र्धमा’ आएर ‘नियम नै बदल्न’ लागेको आरोप लगाउनुभयो । उहाँले लेख्नुभएको छ, मलाई थाहा थिएन खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु खेलको ‘नियम नै बदल्न’ लाग्नु हुने छ र जसरी पनि जित्ने महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुन हुनेछ ।

उहाँले प्रचण्डको पछिल्लो कदम नैतिकता र राजनीतिक दृष्टिले गलत भएको भदै विभाजनकारी समेत भएको पत्रमा उल्लेख गर्नुभएको छ । पार्टीका सबै कमिटीहरु अन्तरिम हैसियतमा रहेको र त्यसै अनुरुप सहमतिमा चल्नुपर्ने ओलीको जिकिर छ । उहाँले स्थायी कमिटी पनि सहमतिका आधारमा चल्नुपर्ने घुमाउरो तरिकाले लेख्नुभएको छ ।

ओलीले नेकपा इतिहासकै गम्भीर संकटमा रहेको पत्रमा लेख्नुभएको छ । उहाँले प्रचण्ड र माधवकुमार नेपालको नाम उल्लेख नगरी संकटको मुख्य कारण भन्नुभएको छ ।

यस्तै ओली सहभागी नभएको स्थायी कमिटीको बैठकले बैठकमा पेस गरिएको दुई अध्यक्षको प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको र मङसिर २८ पुनः स्थायी कमिटी बैठक बोलाइएको प्रवता नरायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । मङ्सिर २५ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक पुष ५ गते बस्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर