कांग्रेस–कम्युनिष्ट दुबै शक्ति यथास्थितिवादी हुन्ः रकम चेम्जोङ

कांग्रेस–कम्युनिष्ट दुबै शक्ति यथास्थितिवादी हुन्ः रकम चेम्जोङ


२३ मंसिर, झापा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताउँनुभएको छ ।.

सोमबार झापाको दमकमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको बताउनुभयो ।

‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली जनताको शक्ति जसपा नै हो’ चेम्जोङले भन्नुभयो । कांग्रेस–कम्युनिष्ट एउटै सिक्काका दुई पाटो मात्रै रहेको भन्दै उहाँले झन्डा, चुनाव चिन्ह, मान्छे फरक भए पनि दुवै शक्ति यथास्थितिवादी रहेको आरोप लगाउनुभयो ।

कोरोना महामारीका कारण पार्टी समायोजन प्रकृय लम्बिएको भन्दै चेम्जोङले ढिलोमा माघसम्ममा समायोजन प्रकृया सकेर पार्टी वैचारिक र सांगठानिक सुदृढीकरणमा लाग्ने दावी गर्नुभयो ।

भेटघाटमा जसपा प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु हरीदेवी राई लावती, लोकसागर सम्बा लगायत प्रदेश समिति, लिम्बुवान राष्ट्रिय समिति, स्थानीय तहका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर