प्रचण्ड भेट्न शंकर पोखरेल खुमलटारमा

१ पौष, काठमाण्डौँ । ‘अध्यादेश प्रकरण’पछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले हिजो पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्काे विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे..

अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने

३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..

खुमलटार भेलामा सुवास नेम्वाङ पनि सहभागी

३० मंसिर, काठमाण्डौँ । सरकारले विनाछलफल संवैधानिक परिषद् सम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भेला भएका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आज जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली..

सरकार आफै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव

३० मंसिर, काठमाण्डौँ । सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनुभएको छ । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उहाँले बताउनुभएको छ । संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उहाँले बताउनुभयो । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर..

ओलीको पछिल्लो कदम अलोकतान्त्रिक छः सभापति देउवा

३० मंसिर, काठमाण्डौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिनुभएको छ । उहाँले अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताउनुभएको हो । ‘अलोकतान्त्रिक कार्य भएको छ । म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’ उहाँले भन्नुभयो । नेकपाभित्रको विवादका..

खुमलटारमा आकस्मिक भेला डाकियो

३० मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गर्नुभएको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको छ । तर सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गर्नुभएको छ । सरकारले ल्याएको अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै प्रचण्डले भन्नुभयो,..

संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारद्धारा अध्यादेश जारी

३० मंसिर, काठमाण्डौँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी..

भ्रष्टाचार जस्तोसुकै होस् त्यो क्षम्य हुँदैनः प्रधानमन्त्री ओली

२४ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरो बताउनुभएको हो । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले..

कांग्रेस–कम्युनिष्ट दुबै शक्ति यथास्थितिवादी हुन्ः रकम चेम्जोङ

२३ मंसिर, झापा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताउँनुभएको छ ।. सोमबार झापाको दमकमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको बताउनुभयो । ‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली..

मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या

२३ मंसिर, मोरङ । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले उल्लेख गरेको छ । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष..