प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार छुः प्रधानमन्त्री ओली

४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको..

प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन ओलीको आग्रह

३ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश–१ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न आफ्नै हो भन्ने अधिकार नभएको पनि बताउनुभयो । ‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा..

काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै

३ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काँग्रेसले आज दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । यस्तै काँग्रेसले आउदो माघ ८ गते ६ हजार..

अब ओलीसँग मिल्ने सम्भावना छैनः माधव नेपाल

२ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको उहाँले उल्लेख गर्नुभएको हो । संविधान निगरानी समूहद्वारा आज आयोजित कार्यक्रममा उहाँले अब मिल्ने सम्भावना नरहेको भन्दै ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको बताउनुभयो । ओली मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने गरेको नेता नेपालको भनाई छ ।..

अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा

१ माघ, इलाम । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटीको घोषणा गरिएको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीले एक विज्ञप्ती जारी गर्दे सो जानकारी दिएको हो । गत पौष २८ गते अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुलीको अध्यक्षतामा र अनेरास्ववियू केन्द्रिय कमिटी कार्यलय सदस्य रस्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाबाट सो आयोजक कमिटीको घोषणा गरिएको विज्ञप्तीमा जनाईएको छ । अनेरास्ववियू इलामको ९९ सदस्य जिल्ला सम्मेलन..

नेकपा विवादले राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाड्यो

१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाडेको छ । नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको जनाएको छ । केही साता अघि प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका थिए । त्यसबाहेक अन्यको पनि कता पठाउने हो भन्ने यकिन नभएपछि..

देउवालाई दाहाल–नेपालको प्रस्तावः राजनीतिक लेनदेनसहित संसद पुनःस्थापनामा लागौँ !

१ माघ, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भट्नुभएको छ । स्रोतका अनुसार हिजो साँझ दुई घण्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो । साँझ ६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै..

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेव गौतमको आव्हान

२५ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन आव्हान गर्नुभएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले भन्नुभएको छ, ‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’ उहाँले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र..

चार पूर्वप्रधानन्यायाधीशको निश्कर्षः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक !

२४ पौष, काठमाण्डौँ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताउनुभएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्काे अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको ब्यहोरा वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नै पार्टीका केही..