प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत छैनः देव गुरुङ

३ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संघीय संसदका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कुनै व्यक्तिले प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत नभएको बताउँनुभएको छ । पार्टीले निर्णय गरेर संसदीय दलमार्फत प्रधानमन्त्री चयन गर्ने प्रक्रिया भएकाले यसलाई बहसमा ल्याउनु कसैका लागि राम्रो नहुने उहाँको भनाइ थियो । बुटवलमा आयोजित सर्वदलीय सर्वपक्षीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेता कार्यकर्तालाई आफ्नो अनुशासनमा रहेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो..

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष

३ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा प्रदेश–१ का आफु निकट नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको..

सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई आज नहुने

३ पौष, काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वाेच्चले जनाएको हो ।  

लक्ष्मण थारु–रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ पौष, काठमाण्डौँ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भईसकेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।..

राष्ट्रपतिसँग भेटेर मात्र अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाई

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेटेर अध्यादेश फिर्ता लिने बताउनुभएको छ । राष्ट्रपतिलाई एक पटक भेटेरमात्र अध्यादेश फिर्ता गर्ने नेकपाका आर्का अध्यक्ष प्रचण्डलाई प्रधनमन्त्री ओलीले बताउनुभएको स्रोतले जनाएको छ । हिजो आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, आज ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित हुँनुभएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले..

प्रचण्डसंगको छलफलपछि संवैधानिक परिषद्को बैठक स्थगित

२ पौष, काठमाण्डौँ । आज (बिहीबार) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएसँगै बालुवाटार पुग्नुभएका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गर्नुभएको हो । स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गर्नुभएको थियो । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिनुभएको..

संसदको अधिवेशनको माग गर्दै नेकपाका सांसद रावल र भुसाल शीतलनिवासमा

१ पौष, काठमाण्डौँ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षर लिएर नेकपाका सांसदद्धय भिम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद रावल र भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि..

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

१ पौष, काठमाण्डौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं. २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी..

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर

१ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको हो । तर, रिट दर्ता भने भइसकेको छैन । अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वाेच्च प्रशासनले अध्ययन गरिरहेको..

ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’

१ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’ भएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको हो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ..