राजनीति
प्रचण्डलाई ओलीको कटाक्षः बुहारीवाला पार्टी होईन
२४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाउनुभएको छ । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाउनुभएको हो । ‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भन्नुभयो, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उहाँले आफ्नो..
अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई
२३ पौष, काठमाण्डौँ । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक विहीवारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको अरोप लगाउनुभयो । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजिनामा दिने थिएँ भन्नुभयो । गौतमले भन्नुभयो–‘म पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन..
सबै जिल्लामा नेकपाको कित्ताकाट (सबै जिल्लाको विवरण सहित)
२२ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहबाट सुरु भएको विभाजन तल्लो तहसम्म पुगेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन् । धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। । जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई भने कतै खुलेका छैनन् । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट..
संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा
२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो । कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो..
ओली पक्षमा गए सांसद र मन्त्रीबाट हटाउने धम्की आयोः लेखराज भट्ट
२० पौष, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य समेत रहनुभएका उद्योगमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गर्नुभएको छ । धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गर्नुभयो । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन..
प्रचण्ड–माधव समूहद्धारा थप नेताहरुलाई जिम्मेवारी
२० पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड समूहले आफ्ना नेताहरुलाई जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेका छन् । आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको छ । टोलीमा भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, जर्नादन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, लिलामणि पोखरेल, मातृका यादव र डा. वेदुराम भुसाल रहेका बताईएको छ ।..
वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न प्रधानमन्त्रीद्धारा आग्रह
१९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको भेलामा संसद् पुनस्थापना हुने वा निर्वाचन पर सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता भएको हुनाले कसैले रोकेर नरोकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र..
फोहोरी राजनीतिविरुद्ध आफू नलाग्ने प्रधानमन्त्रीको उद्घोष
१८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रवासी नेपाली एकता मंञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका..
राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु
१७ पौष, काठमाण्डौँ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि..
चार नेकपा एक कित्तामा
१६ पौष, काठमाण्डौँ । सत्तामा रहेको नेकपा फुट्दा भूमिगत र खुल्ला दुवै अवस्थामा रहेका दुईवटा नेकपा भने एउटै मोर्चामा जोडिएका छन् । यसरी जुट्नेमा विप्लव नेतृत्वको नेकपा र ऋषिराम कट्टेल नेतृत्वको नेकपा छन् । विप्लव भूमिगत छन् भने कट्टेल छैनन् । मङ्गलबार प्रेस ज्ञिप्तिमार्फत विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७