वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न

२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठक बसेको केही बेरमा नै बैठक सकिएको हो । प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गर्नुभएको स्रोतले जनाएको छ ।

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

२३ मंसिर, काठमाण्डौँ । देश अहिले कोरोना महामारीले आक्रान्त छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् । शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति..

काँग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

२२ मंसिर, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । काँग्रेसले आउदो मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो । काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो । काँग्रेसले..

कुनै शक्तिसँग नझुक्ने भन्दै प्रचण्डलाई ओलीको चुनौती

२१ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिनुभएको छ । आज स्थायी कमिटी बैठकमा सहभागी नहुनुको कारण उल्लेख गरी पत्र पठाउँदै उहाँले प्रचण्डलाई चुनौती दिनुभएको हो । ओलीले अर्का अध्यक्ष प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत यसअघिको प्रतिवेदनलाई सङ्गीन आरोपपत्रको संज्ञा दिनुभएको छ । उहाँले पत्रमा लेख्नुभएको छ, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको..

अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई

२० मंसिर, काठमाण्डौँ । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । उहाँले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताउनुभयो । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्काे संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो । ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी..

ओलीको जवाफी प्रस्तावले प्रचण्ड आक्रोशित

१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनेगरि प्रस्तुत नभएको भन्दै कडा आलोचना पनि..

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । पुर्व निर्धारित समयमा दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्नुहुँदै छ । गएको कार्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्नुहुँदैछ । प्रचण्डले पेस गर्नुभएको १९..

नेकपा सचिवालय बैठक आज बस्दैः प्रधानमन्त्रीको जवाफ तयार

१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक आज अपराह्न १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कार्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी त्यसको जवाफ दिन लाग्नुभएको हो..

उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा

१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ । भावी नेतृत्वको..

कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता

१२ मंसिर, काठमाण्डौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी हुनुहुन्थ्यो । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुग्नुभएको थियो । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा मात्र सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले..