राजनीति

नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा
६ पौष, काठमाण्डौँ । नेकपा विवादको बिषय झनै जटिल बनेको अवस्थामा नेताहरुको आ–आफ्नो तयारी थालेका छन् । नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । यसमा वामदेव गौतमले भने कुनै गुटमा नरहेको सन्देश दिन सुरु गर्नुभएको छ । अब नेकपा फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो..

नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको बैठक बोलाए
६ पौष, काठमाण्डौँ । नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाउनुभएको हो । ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन म्यासेज पठाएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय..

माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा
६ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला संसद विघटनको यो निर्णयले माधव नेपाल समुह संकटमा परेको छ । यदी पार्टी विभाजित भईहालेको खण्डमा कुन कित्तामा जाने भन्ने बिषयले नेपाल समुहको राजनीतिक अस्तित्व धरापमा परेको हो । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षलाई आफ्नो स्वार्थका दृष्टिले ठुलो बाधक ठान्दै आएका थिए । पछिल्लो घटनाक्रमसँगै ओलीले उक्त समूहलाई..

संसद विघटन गर्नु लोकतान्त्रिक मान्यता विपरीतः नेपाली कांग्रेस
५ पौष, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि निश्कर्ष निकालेको छ । संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना..

राष्ट्रपतिद्धारा संसद विघटनः ओलीलाई कारबाही गर्ने नेकपाको निर्णय
५ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।..

प्रधानमन्त्री शीतल निवासमा, प्रचण्डलाई भेटेनन्
५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिनुभएन । त्यसपछि प्रचण्ड खुमलटार फर्किनुभएको छ । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच..

प्रधानमन्त्री ओलीद्धारा संसद विघटन गर्न सिफारिस
५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस..

ओली भेट्न बालुवाटारमा प्रचण्ड
५ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी कमिटि बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि हिजो भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो ।..

राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भयोः लालबाबु यादव
४ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको टिप्पणी गर्नुभयो । यादवले मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको बताउनुभयो । उहाँले नेकपा भित्रका ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग..

प्रधानमन्त्री ओलीको सक्रियता बढ्योः खुमलटार देखी पुल्चोक हुदै शीतलनिवास सम्म !
४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता बढेको छ । आज मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले आज भने आफै बाहिर निस्कनुभयो । त्यसका लागि उहाँ आज बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नुभयो भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नुभयो । करिव ६ बजे शीतलनिवास पुग्नुभएका ओली र..