राजनीति
पूर्वप्रधानमन्त्रीहरूले लौरो टेकेर पार्टी ध्वस्त पार्न लागेः प्रधानमन्त्री ओली
१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड–माधव’ पक्ष भन्नेहरू देशलाई बरबाद गर्ने बाटोमा हिँडिरहेको बताउनुभएको छ । नेकपा चितवनले भरतपुरमा आज आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाललाई इङ्गित गर्नुहुँदै उहांँहरुले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त पार्न र देशलाई बरबाद गर्ने बाटोमा लागेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन उहाँहरु लागेको भए पनि पार्टी फुटेको नभई पार्टीबाट केही..
प्रचण्डलाई बादलको प्रतिप्रश्नः म लालगद्दार भए उहाँहरू के गद्दार हो ?
१७ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूर्ला ‘लालगद्दार’ भन्नेहरुलाई प्रतिप्रश्न गर्नुभएको छ । आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले केही साथीहरूले आफुलाई लालगद्दार भनेको बताउदैँ ‘म लालगद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ भन्दै प्रश्न गर्नुभयो । केहीअघि चितवनमा ‘बादल लालगद्दार’ भन्दै कालो बेलुन उडाइएको थियो । बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले..
जनता समाजवादी युवाको कार्यक्रम समाजवादी युवाले नमान्ने !
झापा, १६ माघ । जनता समाजवादी युवा संघ नेपालको नाममा झापाको दमकमा १९ गते हुने कार्यक्रमलाई समाजवादी युवा संघले नमान्ने भएको छ । दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले अस्वीकार गर्ने भएको हो । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी युवा प्रदेश १ ले सो कार्यक्रम बारे खेद प्रकट गर्दै अस्वीकार गर्ने बताएको हो । विज्ञप्तिमा समाजवादी युवाले सो कार्यक्रमको..
प्रचण्ड अचानक ओलीको गृह नगर दमकमा !
१६ माघ, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आइपुग्नुभएको छ । पार्टी राजनीतिक रूपमा विभाजन भएपछि प्रचण्ड पहिलो पटक झापामा आउनुभएको हो । उहाँ आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको गृहनगर दमक आइपुग्नुभएको हो । उहाँलाई दमकमा नेकपाका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराईले प्रचण्ड विराटनगरमा हुने..
अवसरको सदुपयोग गर्न सर्वोच्चलाई काङ्ग्रेस नेता सिटौलाको आग्रह
१६ माघ, काठमाण्डौँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले आज शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको बताउनुभयो । यो अवसरको अदालतले सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भङ्ग गर्न..
केपी ओली प्रतिक्रान्तिका गोटीः प्रचण्ड
१६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिका गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ । आज विराटनगरमा आयोजित प्रदेश–१ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता..
निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसक्योः सुवास नेम्वाङ
१६ माघ, काठमाण्डौँ । नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसकेको बताउनुएको छ । आज आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुग्नुभएका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया..
प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छु । ओली विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै..
दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी
१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् । कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको..
ओलीलाई योगेशको जवाफः मलाई पाथिभरा माताले प्रतिगमनको विरुद्धमा उभिन आदेश दिनुभयो
१३ माघ, ताप्लेजुङ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताउनुभएको छ । तर ताप्लेजुङ कम्युनिष्टको लाल किल्ला भएकाले आफूले चुनाव जितेको उहाँको भनाई छ । ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२÷४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले मात्र आफूले चुनाव जितेको उहाँले दावी गर्नुभयो । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७