राजनीति
मुख्यमन्त्री पौडेलद्धारा संसदीय दलका उपनेता र सचेतक पदमुक्त
१४ पौष, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको छ । आज मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको हो । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले नेताद्धयलाई हटाउनुभएको बताइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ । मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि..
प्रचण्ड–नेपालद्धारा ओलीलाई चेतावनीः ‘सकेको गर्नुहोस्, हामी तयार छौँ’
१४ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिनुभएको छ । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । दाहालले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष..
नेपाल मामीलामा भारत–चीनको उच्च चासो, दुबै देशका अधिकारीको दौडधुप बढ्यो
१३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका एकपछि अर्काे कदमले देशको राजनीतिलाई जटिल मोडमा पुर्याउँदै गर्दा भारत र चीनले चासो देखाएको छ । दुबै देशका उच्च अधिकारीको दौडधुप समेत बढेकोे छ । दुई महिना यता भारतबाट चारजना उच्च अधिकारीहरु नेपाल भ्रमणमा आए । तीमध्ये भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले छन्..
गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन
१३ पौष, कास्की । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । जनमोर्चाको यो समर्थन संगै गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सरकार नढल्ने भएको छ । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्काे समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई..
अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई
१२ पौष, काठमाण्डौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री राईविरुद्ध आजमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको..
प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न मिल्दैनः प्रधानमन्त्री ओली
९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गर्नुभएको छ । उहाँले एकीकरण सफल नभएको स्वीकार्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताउनुभएको छ । उहाँले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गर्नुभयो । ‘उहाँले ९९ मा पुगेको..
कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की
८ पौष, काठमाण्डौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले देउवाले मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लाग्नुभएको छ । मंगलबारको बैठकमा केन्द्रीय..
प्रचण्ड–माधव पक्षद्धारा प्रचण्डलाई संसदीय दलको नेतामा चयन
८ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएकोेमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो । संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रचण्डले आफूले ठूलो जिम्मेवारी पाएको..
प्रधानन्यायधीश राणा इतिहासकै शक्तिशाली प्रधानन्यायाधीश बन्न सक्ने
८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि नेकपा र सुर्य चिन्ह कस्को भन्ने प्रश्न सुरु भएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनुपर्ने भएको छ । नेकपा र सुर्य चिन्ह जसको हुँदैन नेकपाको त्यस समुहले अर्काे दल खोल्नुपर्ने हुन्छ । तर, यी सबै विषय सर्वाेच्च अदालतमा मुद्दाका रुपमा जाने निश्चितप्रायः छ । संसद बिघटनविरुद्ध दर्जन रिट अदालतमा पुगिसकेको छ । आज सर्वाेच्च अदालतले रिटमाथि सुनुवाई गरी..
नेकपा अध्यक्षबाट ओलीलाई हटाउने भनी गरेको निर्णय हास्यास्पदः प्रदीप ज्ञवाली
७ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेकपा अध्यक्षबाट केपी ओलीलाई हटाउने भनी गरेको कारबाहीलाई ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ । ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यो हास्यास्पद कुरा भएको बताउनुभयो । उहाँले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताउनुभयो । आज नेकपामा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड–माधव..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७