प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता

११ मंसिर, काठमाण्डौँ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको..

नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न

११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत..

पार्टी एकतालाई बलियो बनाउन आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्छः मुख्यमन्त्री गुरुङ

१० मंसिर, स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभएको छ । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिदैँ उहाँले पार्टीको फुटले कसैलाई फाइदा नहुँने बताउनुभयो । नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने..

वर्तमान सरकार कुनैपनि हालतमा परिवर्तन हुदैँनः मन्त्री श्रेष्ठ

९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो । मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो । अर्काे..

प्रतिपक्षी दलसंग सत्ता साझेदारी गर्न देउवासँग छलफल भएको कुरो निराधार र झुटो होः विष्णु पौडेल

९ मंसिर, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो । उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या..

भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !

८ मंसिर, काठमाण्डौँ । कोरोना महामारीका कारण केही महिना यता स्थगित भएको छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउजाउ गर्न सुरु गरेका छन् । विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ । उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित प्रायः छ । कोरोना संक्रमण..

म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैनः वामदेव गैतम

६ मंसिर, दाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा गौतमले सो कुरो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष गैतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो । कुनै गुटमा आफु नरहेको भन्दै सधैं गुटको विपक्षमा रहेको बताउनुभयो । ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्नुहुँदैन..

नेकपा सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी होः मुख्यमन्त्री राई

६ मंसिर, सोलुखुम्बु । प्रदेश–१ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्नका लागि बनेको पार्टी भएको बताउनुभएको छ । सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने स्पष्ट पार्नुभयो । त्यस अवसरमा छिमेकी मुलुकहरुबाट दैनिक..

नेकपालाई चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैनः योगश भट्टराई

४ कार्तिक, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेकपालाई कुनै बिदेशी राष्ट्रले चाहेर पनि फुटाउन नसक्ने बताउनुभएको छ । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा बोल्नुहुँदै मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो । ‘नेकपालाई चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै हो ।’ उहाँले भन्नुभयो–‘नेकपालाई हन्हनी ज्वरो मात्र आएको हो कोरोना भएको छैन, यो सिजनल..

झूठा अभियोग र लाञ्छनाको उचित जवाफ दिन्छुः प्रधानमन्त्री ओली

४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दश दिनको समय माग्नुभएको थियो । सोहीअनुसार अर्काे बैठक मंसिर १३ गते बस्ने भएको छ । यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा सम्बोधन गर्नुभएको सम्पादित अंशः कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही..