राजनीति
संवैधानिक निकायका आयुक्तलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट
२१ माघ, काठमाण्डौँ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । आज पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गर्नुभएको छ, ‘सो मितिको सिफारिस..
नेकपा दाहाल–नेपाल समुहद्धारा भोली आमहड्तालको आव्हान
२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई लिएर भोली देशभर आमहड्ताल गर्ने जनाएको छ । उनिहरुले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई ज्यादतीपूर्ण निरंकुश कदम समेत भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान गर्नुभएको हो । विज्ञप्तिमार्फत नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भन्नुभयो,‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक..
लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश
२१ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जबाफ माग गरेको छ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिवक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वाेच्चमा अवहेलनासम्बन्धी रिट दायर गर्नुभएको थियो ।
केपी ओली र प्रचण्ड दुवै मिलेर चुनावमा जानुहुन्छः घुवीर महासेठ
२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने साथै केपी ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उहाँले दाबी गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘उहाँहरु मिलेर नै चुनावमा जानुहुन्छ,..
नेकपा दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने
२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने भएको छ । राजधानीमा हिजो बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयाोगले जुन पत्र पठाएको छ, त्यो..
नेपालमा अब हिंसात्मक आन्दोलनको सपना नदेख्न प्रचण्डलाई ओलीको चेतावनी
१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?,..
नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, पाँच जना घाइते
१९ माघ, काठमाण्डौँ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो । उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि..
म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा
१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..
अदालतको अवहेलना गरेको भन्दै प्रचण्ड बिरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता
१९ माघ, काठमाण्डौँ । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको..
संवैधानिक निकायमा सिफारिश नामहरु सभामुखले फिर्ता पठाए
१८ माघ, काठमाण्डौँ । संवैधानिक निकायमा सिफारिश नामहरु संसदीय सुनुवाईका लागि संसदमा दर्ता भएकोमा सभामुख अग्नि सापकोटाले फिर्ता पठाउनुभएको छ । उहाँले आज नेपाल सरकारका मुख्यसचिवलाई पत्र लेखी कागजात फिर्ता पठाउनुभएको हो । पत्रमा ‘संसदीय सुनुवाई सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको’ विषय उल्लेख गरिएको छ । गत पौष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिश राष्ट्रपतिसमक्ष पठाएपछि उक्त दिन अपरान्ह २ः१५ बजे सरकारले सुनुवाईका लागि..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७