अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई

१२ पौष, काठमाण्डौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री राईविरुद्ध आजमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको..

प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न मिल्दैनः प्रधानमन्त्री ओली

९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गर्नुभएको छ । उहाँले एकीकरण सफल नभएको स्वीकार्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताउनुभएको छ । उहाँले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गर्नुभयो । ‘उहाँले ९९ मा पुगेको..

कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

८ पौष, काठमाण्डौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले देउवाले मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लाग्नुभएको छ । मंगलबारको बैठकमा केन्द्रीय..

प्रचण्ड–माधव पक्षद्धारा प्रचण्डलाई संसदीय दलको नेतामा चयन

८ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएकोेमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो । संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रचण्डले आफूले ठूलो जिम्मेवारी पाएको..

प्रधानन्यायधीश राणा इतिहासकै शक्तिशाली प्रधानन्यायाधीश बन्न सक्ने

८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि नेकपा र सुर्य चिन्ह कस्को भन्ने प्रश्न सुरु भएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनुपर्ने भएको छ । नेकपा र सुर्य चिन्ह जसको हुँदैन नेकपाको त्यस समुहले अर्काे दल खोल्नुपर्ने हुन्छ । तर, यी सबै विषय सर्वाेच्च अदालतमा मुद्दाका रुपमा जाने निश्चितप्रायः छ । संसद बिघटनविरुद्ध दर्जन रिट अदालतमा पुगिसकेको छ । आज सर्वाेच्च अदालतले रिटमाथि सुनुवाई गरी..

नेकपा अध्यक्षबाट ओलीलाई हटाउने भनी गरेको निर्णय हास्यास्पदः प्रदीप ज्ञवाली

७ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेकपा अध्यक्षबाट केपी ओलीलाई हटाउने भनी गरेको कारबाहीलाई ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ । ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यो हास्यास्पद कुरा भएको बताउनुभयो । उहाँले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताउनुभयो । आज नेकपामा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड–माधव..

प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित

७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये..

प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छः नारायणमान बिजुक्छे

७ पौष, काठमाण्डौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उर्पयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ । वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्काे बन्ला, देश फुटे के..

नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय

७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन हुनुभएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री ओलीले ५ सय ५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नुभएको छ । आज उहाँहरुलाई सपथ ग्रहण समेत..

नेकपा आजबाट औपचारिक विभाजनतर्फ, दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

७ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्काेलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो । आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् ।..