अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई

अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई


२३ पौष, काठमाण्डौँ । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक विहीवारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको अरोप लगाउनुभयो । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजिनामा दिने थिएँ भन्नुभयो ।

गौतमले भन्नुभयो–‘म पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन । म एक हिसाबले धेरैपटक नेताको विरोधी जस्तो भएँ । म प्रधानमन्त्रीको कटु आलोचक हो । उहाँको कारणलेनै हामी अहिले यहाँ आइपुगेका हौं ।’

गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताउनुभयो । गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट ऋषि कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्काे पक्ष माओवादी केन्द्र बन्न सक्ने बताउनुभयो । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर