राजनीति

नेपाल–खनाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा सहभागी नहुने
२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते आयोजना गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग आज दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताउनुभएको हो । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताईएको छ । धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य..

माओवादी केन्द्रको बैठक सम्पन्नः सर्वाेच्चमा पुनरावलोकनमा जाने निर्णय
२ चैत्र, काठमाण्डौँ । हिजोदेखि जारी सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । दुई दिनदेखि जारी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समिक्षा भएको थियो । पार्टीको संगठनात्मक अवस्थाबारे नेताहरुले ब्रिफिङ गरेका थिए । आजको बैठकमा सत्ता समिकरणको लागि नेतृत्वले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपा नेपालसँग निरन्तर सम्वाद गर्ने निर्णय गरेको जनाईएको छ । त्यस्तै, आजको बैठकमा सर्वाेच्चमा पुनरावलोकनमा जाने..

ओली–नेपाल पक्षबीच भएको वार्ता निष्कविहिन
२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप आज अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै दुई समुहबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा..

प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ताः जसपाको प्रस्तावमा ओली सकारात्मक
२७ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेट सकारात्मक भएको जानकारी दिनुभएको छ । उहाँले भोलिपनि कार्यदलस्तरीय भेटवार्ता हुने ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ । भेटमा जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईको विषय अगाडि सारेको थियो । आफूहरुका मागको सम्बोधन पहिलो प्राथमिकतामा रहेको बताएका थिए । भेटमा सत्तापक्षबाट..

ओलीले बैठक नबोलाएपछि नेपाल समूह असन्तुष्ट
२७ फाल्गुन, काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ । सर्वाेच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ । हिजो केन्द्रीय कमिटी सदस्यहरुबीच छलफल गरेको माधव पक्षले आज स्थायी कमिटी सदस्यहरुबीच छलफल गरेको छ । ‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी..

नेपाली राजनीतिका ‘किङ मेकर’ देउवा किन शान्त ?
२७ फाल्गुन, काठमाण्डौं । देशमा राजनीतिक अस्थिरता चरम विन्दुमा पुगेको बेला सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन् । एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन । नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास बूढानीलकण्ठ शान्तजस्तै छ । वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार..

प्रधानमन्त्री पदसँग मतलब छैन, पार्टी सभापतिका लागि तयार छुः शेरबहादुर देउवा
२६ फाल्गुन, काठमाण्डौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू संग प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पदसँग कुनै मतलब नै नभएको बताउदै पार्टी सभापतिका लागि भने आफु तयार रहेको बताउनुभएको हो । आज कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’ उक्त भेटमा..

नेकपा फुट्दैमा कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैनन्ः डा. शेखर कोईराला
२६ फाल्गुन, झापा । विचारको राजनीतिमा गुट हुनु स्वभाविक भएपनि पार्टी अधिवेशनको तुस अन्य चुनावमा निकाल्ने परिपार्टी ठिक नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताउभएको छ । झापाको दमकमा मंगलबार क्षेत्रीयस्तरका अगुवा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कोईरालाले विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वभाविक रुपमा लिने गरेको भन्दै अधिवेशनको तुस चुनावमा निकाल्छ भने त्यो कांग्रेस हो कि होइन ? भन्दै प्रश्न गर्नुभयो । कांग्रेसमा पहिलो वरियताका नेता वीपि कोईराला..

एमालेमा फर्कनेहरुलाई सम्मानजनक व्यवहार गरिन्छः सुवास नेम्वाङ
२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कनेहरुलाई सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नुभयो । उहाँले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिनुभयो ।..

माओवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता
२६ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्रोतले बताएको छ । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।