राजनीति
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति
२१ वैशाख, काठमाण्डौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको काँग्रेसले विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । बैठकपछि सहमहामन्त्री डा.प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताउनुभयो । राष्ट्रपति..
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने
१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त
१९ वैशाख, काठमाण्डौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एकल बहुमतको आधारमा उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ । उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था..
जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई
१६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्तसंगै अध्यक्ष महन्त ठाकुरले प्रदेश प्रमुखलाई पत्र पठाउनुभएको छ । प्रदेशसभा सचिवालयले आज सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद ्हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् । पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा..
नेपाल समुहका एक्लो प्रदेश सांसदको स्पष्टोक्तिः म फ्लोर क्रस गर्दिन !
१६ वैशाख, कास्की । नेकपा एमाले नेपाल–खनाल समुहमा रहेका एक्लो गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको भन्दै अशन्तुष्टी व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू मन्त्री नबन्ने बताउनुभएको हो । हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उहाँको भनाइ छ । तर..
गण्डकी प्रदेश सदस्य शाही बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्टोक्ति
१६ वैशाख, कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफु बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै पार्टीको निर्णय बमोजिम संसद बैठकमा सहभागी हुने बताउनुभएको छ । आज एक विज्ञप्तिमार्फत शाहीले पार्टीको निर्णयप्रति प्रतिवद्ध भएको स्पष्ट पार्नुभएको हो । उहाँले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाउनुभएको छ ।
नेकपा एमालेको पक्षमा खुले दीपक मनाङे
१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) अन्ततः नेकपा एमालेको पक्षमा खुलेका छन् । आज प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद मनाङेले एमालेको पक्षमा खुल्ने निर्णय लिएका हुन् । उहाँले मंगलबारको प्रदेशसभा बैठकमा आफू स्वतन्त्र सांसद भएको भन्दै संसदमा छुट्टै कुर्सीको माग गर्नुभएको थियो । उहाँले आज सामाजिक संञ्जालमा मार्फत एमालेको पक्षमा उभिने निर्णय गरेको बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ–‘मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने..
जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित
१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।..
गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद हराएपछि खैलाबैला
१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजेबाट सुरु हुने भनिएको बैठकमा मतदान गर्ने कार्यसूची रहेको भनिएपनि अहिलेसम्म प्रदेशसभा सुरु भएको छैन । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा..
प्रधानमन्त्री ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने जसपाको निर्णय
१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७