१६ वैशाख, कास्की । नेकपा एमाले नेपाल–खनाल समुहमा रहेका एक्लो गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको भन्दै अशन्तुष्टी व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू मन्त्री नबन्ने बताउनुभएको हो ।
हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उहाँको भनाइ छ ।
तर आफूले अविश्वास प्रस्तावमाथि मतदान हुँदा पार्टी संसदीय दलको निर्णयलाई उल्लंघन नगर्ने पनि उहाँले बताउनुभयो । ‘मैले फ्लोर क्रस गर्छ कि भनेर उहाँहरु डराउनु पर्दैन,’ उहाँले भन्नुभयो, ‘यो उमेरमा आएर म आफ्नो राजनीति धरापमा पार्दिनँ ।’