जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित

जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित


१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ ।

प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ ।

गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् । यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जनता समाजवादी पार्टी (जसपा)का २ समेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्तावमा आज मतदान हुने कार्यसुची रहेको थियो ।

अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । तीन सांसद रहेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, तीनमध्ये खिमविक्रम शाहीले मतदान गरेनन् भने अविश्वासको प्रस्तावको पक्षमा ३० मत मात्रै पर्छ ।

अविश्वासको प्रस्तावको पक्षमा ३० मतमात्रै परेको अवस्थामा पक्ष विपक्षमा बराबरी हुन जान्छ र त्यस्तो अवस्थामा सभामुख नेत्रनाथ अधिकारीले निर्णायक मत दिन पाउँछन्, जो माओवादीकै सांसद हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर