१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।