एमाले संसदीय दलको बैठक सम्पन्नः गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय

७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि आएनन् । ३८ सांसदको तर्फबाट ज्ञापनपत्र..

एमाले संसदीय दलको बैठक सुरु, वामदेव गौतम पनि सहभागी

७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पैष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी हुनुहुन्छ । आज पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई जानकारी दिनुभयो । पार्टीभित्र विवाद मिलाउन..

एमाले संसदीय दलको बैठक आज बस्दै

५ चैत्र, काठमाण्डौँ । सतारुढ दल नेकपा (एमाले)को आज संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताईएको छ । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाउनुभएको सचेतक भट्राईले जानकारी दिनुभयो । समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई..

एमाले संसदीय दलको बैठक बोलाईयो

४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । भोलीका लागि सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको उहाँको भनाई छ । प्रधानमन्त्री समेत रहनुभएका ओलीले गत फाल्गुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले आजबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ..

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

४ चैत्र, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताअघि तत्कालीन एमालेले २०७४ फाल्गुन ३ गते माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको..

सरकारको निरन्तरताको लागि प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्ः वामदेव गौतम

३ चैत्र, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गर्नुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई..

हामी कारबाही भोग्न तयार छौँः योगेश भट्टराई

३ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले) माधव नेपाल समुहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाही गरेर देखाउन चेतावनी दिनुुभएको छ । कारवाहीको धम्की नदिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भट्टराईले चेतावनी दिनुभएको हो । उहाँले आफूहरु एकपछि अर्काे कारबाही भोग्न तयार रहेको समेत बताउनुभयो । चैत्र ४ र चैत्र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा बोल्दै उहँँले यस्तो बताउनुभएको हो ।..

एमालेको नाममा माधव पक्षले छुट्टै गुट भेला गरे कारवाही गर्ने ओलीको चेतावनी

३ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताउनुभयो । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने प्रविर्ती अव हुन नसक्ने उहाँले बताउनुभयो । ‘पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर..

जसपाको विवाद उत्कर्षमाः एक समुह ओलीको पक्षमा, अर्को समुह विपक्षमा

४ चैत्र, काठमाण्डौँ । अहिलेको विषम राजनीतिक परिस्थितीमा निर्णायक भूमिमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा चर्को विवाद देखिएको छ । दुई धारबीच आन्तरीक द्वन्द्व उत्कर्षमा पुगेको छ । सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ । जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका..

राष्ट्रपतिद्धारा सर्वदलिय बैठकको आव्हान

४ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ । बैठकमा..