राजनीति

विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली
२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो । उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र..

ओली सरकारलाई नै दुई वर्ष टिकाउनु पर्छः झलनाथ खनाल
२६ फाल्गुन, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो । उहाँले यही सरकारलाई दुई वर्ष टिकाउनतिर आफुहरु लागेको र अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी..

माओवादीबाट मन्त्री बनेकाहरु पुनः माओवादीमा नफर्किने
२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेकाहरु अब नेकपा (एमाले) मा समाहित हुने भएका छन् । सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तत्कालकै अवस्थामा पुगेको छ । दुई पार्टी अलग–अलग भएपछि माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् । तर, माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने बरु सांसद पद नै माया मारेर एमालेमै बस्ने निधोमा पुगेका छन् । उनीहरुको निश्कर्ष सुनेपछि एमाले अध्यक्ष तथा..

प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, ७ वटा अध्यादेश पेस गर्ने कार्यसूची
२६ फाल्गुन, काठमाण्डौँ । पुनस्र्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ..

प्रचण्ड र बाबुरामबीच भेटवार्ता
२६ फाल्गुन, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुग्नुभएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन्..

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने माओवादीको रणनीति
२६ फाल्गुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अघि संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो । त्यस्तै आज नै माओवादी केन्द्रको स्थायी समिति बैठक पनि बस्दैछ । संसद संञ्चालन, सरकार र राजनीतिक प्रक्रियाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । प्रतिनिधि सभाको सातौं अधिवेशन..

कसको सिट संख्या कती ? एमालेः १२१, माओवादीः ५३
२३ फाल्गुन, काठमाण्डौँ । सर्वोच्च अदालतको आजको फैसलासंगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको छ । पार्टी विवादमा सर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अव उनीहरु पूर्ववत अवस्थामै फर्किने वा पुन प्रक्रिया पुर्याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् । पूर्ववत भन्नाले नेकपा एमाले र माओवादी केन्द्रको हैसियत भन्ने..

सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दियो
२३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वाेच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आज यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश..

विप्लव समूहको केन्द्रीय कमिटी बैठक बस्दै
२३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो । सरकारसँग फाल्गुन २० गते शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बताईएको छ ।

नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसदको उपस्थिती
२२ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा संसदीय दलका नेता एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिनुभएको थियो । भोलि बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले..