राजनीति
सत्ता समीकरणका लागि काँग्रेस, माओवादी र जसपाबीच आज छलफल हुँदै
२७ चैत्र, काठमाण्डौँ । सत्ता समीकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच आज छलफल हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई छलफलका लागि बोलाउनुभएको हो । देउवाले आज ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय..
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी
२७ चैत्र, काठमाण्डौँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुवै पदबाट पदमुक्त भएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको हो । चारै जना..
माओवादी केन्द्रले सरकारमा सहभागी चार मन्त्रीको सांसद् पद खोसिदियो
२४ चैत्र, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संसद सचिवालयमा दर्ता भएको छ । चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो । यसअघि पार्टीले ती नेताहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । तर ती..
अनेरास्ववियुको साधारण सदस्य समेत नरहनेगरी तीन नेतालाई कारबाही
२४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना निवर्तमान सचिवलाई कारबाही गरेको छ । निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिनुभएको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ । दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि..
लुम्बिनी प्रदेशमा जसपाका सांसदहरु विभाजित हुँदा मुख्यमन्त्री सुरक्षित
२४ चैत्र, बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ । जम्मा ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् । सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो ।..
मुख्यमन्त्री राईमाथी लगाईएको अविश्वासको प्रस्ताव फिर्ता
२३ चैत्र, काठमाण्डौँ । प्रदेश–१ प्रदेशका मुख्यमन्त्री शेरधन राईमाथी लगाईएको अविश्वासको प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको..
वायु प्रदूषणः अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञको सुझाव
२३ चैत्र, काठमाण्डौँ । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर..
माओवादी केन्द्रको सांसद पदबाट मन्त्री आङ्बुहाङ वर्खास्त
२३ चैत्र, काठमाण्डौँ । प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट वर्खास्त गरेको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासदबाट वर्खास्त रेको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार पदमुक्त गरेको पत्र तयारी भईसकेकाले आज नै प्रदेशसभामा जानकारी तयारी छ..
पौडेललाई ठाकुरको जवाफः अहिले ओली जीसंग कुरा भईरहेको छ
२२ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गर्नुभएको छ । काँग्रेस नेता पौडेल अध्यक्ष ठाकुरको हात्तिवनस्थित निवासमै पुग्नुभएको थियो । ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेको स्रोतको भनाई छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गर्नुभएको..
प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी
२२ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको स्रोतको भनाई छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृहकार्य भइरहेको बताएको छ । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७