सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

२१ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गर्नुभएको..

प्रदेश–१ मा नेकपाको नयाँ अंकगणितः ओली पक्ष ३०, प्रचण्ड–माधव समुहमा ३५ सांसद

२० फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रदेश–१ नेकपाको संसदीय दलमा बलियो अवस्थामा रहेको प्रचण्ड–नेपाल पक्ष लगातार कमजोर बन्दै गएको छ । यो समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै आफ्नो पक्षमा टिकाउन नसक्दा मुख्यमन्त्री राई पक्षले सांसद संख्या बढाइरहेको छ । संसद् बैठक सकेसम्म लम्ब्याउने र अरू सांसद आफूतिर तान्ने सरकारी रणनीति सफल हुँदा प्रचण्ड–नेपाल समूह पहिलेको दाँजोमा कमजोर बनेको हो । यद्यपि..

ओली पक्षले संसदीय दलको बैठकका लागि प्रचण्ड–माधव समुहलाई पनि ‘एसएमएस’ पठायो

२० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल लगयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ । नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव..

अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल

२० फाल्गुन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावि गर्नुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उहाँको भनाई छ । आफ्नै दलको झण्डै दुई..

सरकार र विप्लव समूहवीच तीनबुँदे सहमति, दलहरुद्धारा सहमतीको स्वागत

२० फाल्गुन, काठमाण्डौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपावीच आज बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ । सहमतिको विस्तृत विवरण भोली दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ । विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।..

सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता

१९ फाल्गुन, काठमाण्डौँ । सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता आज साँझ भएको जानकारी दिनुभएको छ । यसअघि आज विहानै पहिलो चरणको वार्ता भएको थियो । वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।  

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

१९ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रवार दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । प्रतिनिधिसभा बैठक फाल्गुन २३ गते बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनुहुने बताईएको छ । काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्ने अनुमान गरिएको छ ।..

प्रचण्ड–नेपाल समूहलाई विशाल भट्टराईको जवाफः डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ?

१९ फाल्गुन, काठमाण्डौँ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिनुभएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गर्ने निर्णय गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको हो । प्रमुख सचेतक भट्टराईले भन्नुभयो–‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ?..

सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने

१९ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पार्टी स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो । उपनेता नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको बैठकपछि प्रचण्ड नेपाल समुहका नेता भीम..

प्रधानमन्त्रीको दावीः कसैले हटाए अर्काे चुनावमा दुई तिहाइ बहुमत ल्याउछु

१८ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्काे चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गर्नुभएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर डेढ दुई वर्षपछि त चुनाव आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले आफूले फाल्गुन २३..