घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत

१९ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरिएको थियो । यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोध्नुभएको थियो । नेताहरुको स्पष्टीकरणत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै कारबाही गरिएको बताईएको छ । चारै जना नेताहरुलाई..

नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर

१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । तत्कालीन..

माधव नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु ओलीसँग मिलेर जानुपर्ने पक्षमा

१४ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन् । आज कालिमाटीस्थित एक ब्यांक्वेटमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा बहुमत सदस्यहरुले अध्यक्ष ओलीसँग नै मिलेर जानुपर्ने भनाई राखेको स्रोतले बताएको छ । बैठकमा सहभागी एक नेताका अनुसार अब पार्टी एकतालाई जोगाउनको लागि नै बहुमत सदस्यहरुले लागिपर्ने भन्दै अब सोहीअनुसार अघि बढ्ने..

ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल

१४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेता नेपालको तर्क छ । आज काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको हो । नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत..

विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !

१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् । सत्तारुढ नेकपा एमाले..

दुई समुहका एमाले सांसदहरु बालुवाटारमा बहश गर्दे, नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत

१३ चैत्र, काठमाण्डौँ । दुई समुहमा विभाजित भएका नेकपा एमालेका सांसदहरु आज दिउँसो बालुवाटारमा भेला भए । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा भाग लिन माधव नेपाल पक्षका नेताहरु पनि बालुवाटार पुगेपछि पार्टी एकताको भाव सञ्चार भएको भन्दै ओली पक्षका सांसदहरु पनि उत्साहित देखिए । एमाले संसदीय दलको बैठक आगामी बजेट र विकास योजनाहरुका सम्बन्धमा सांसद र मन्त्रीबीच सम्वाद गर्नका लागि बोलाइएको थियो । बैठकलाई..

प्रदेश–१ को मन्त्रिमण्डल विस्तारः सपथग्रहण आजै (नामावली सहित)

१३ चैत्र, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ । सर्वाेच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका..

राजेन्द्र महतोलाई रेशम चौधरीको जवाफः बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित हो

११ चैत्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गर्नुभएको छ । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला निलम्बित सांसद चौधरीलाई भेट्न महतो आफै आज डिल्लीबजार कारागार पुग्नुभएको हो । एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला आज रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने..

एमालेको पार्टी कार्यलय अब थापाथलीमा सर्ने

११ चैत्र, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)को पार्टी कार्यलय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गर्नुभएको छ । अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयका लागि उपयुक्त हुने नै प्रतिक्रिया दिनुभएको छ । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिनुभयो ।

काँग्रेसको पदाधिकारी बैठक जारी

९ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले सत्ता समिकरण र भावी रणनीतिबारे छलफल भईरहेको बताईएको छ । बैठकमा काँग्रेसको आगामी महाधिवेशन, क्रियाशिल सदस्यको विवाद टुंगो लगाउने विषयमा पनि छलफल गरिरहेको बुझिएको छ । काँग्रेसभित्र पछिल्लो समय सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने कि केही समय पर्खने विषयमा विवाद छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका अलावा वर्तमान पदाधिकारी..