जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई

जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई

१६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्तसंगै अध्यक्ष महन्त ठाकुरले प्रदेश प्रमुखलाई पत्र पठाउनुभएको छ । प्रदेशसभा सचिवालयले आज सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद ्हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् ।

पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्द्यै चार सांसदलाई कारबाहीको सिफारिश गरिएको थियो । सोही अनुसार प्रदेश सभा सचिवालयमा पत्राचार पनि भएको थियो ।

त्यसकै आधारमा उनीहरु पदमुक्त भएको सूचना प्रकाशित भएको छ । तर, जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले भने उनीहरुलाई कारबाही नगरिएको स्पष्ट गर्नुभएको छ ।

ठाकुरले आजमात्रै एक विज्ञप्ती जारी गर्दै सो कुरो स्पष्ट पार्नुभएको हो । ठाकुरले केन्द्रीय स्तरबाट चार सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर