१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) अन्ततः नेकपा एमालेको पक्षमा खुलेका छन् ।
आज प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद मनाङेले एमालेको पक्षमा खुल्ने निर्णय लिएका हुन् । उहाँले मंगलबारको प्रदेशसभा बैठकमा आफू स्वतन्त्र सांसद भएको भन्दै संसदमा छुट्टै कुर्सीको माग गर्नुभएको थियो ।
उहाँले आज सामाजिक संञ्जालमा मार्फत एमालेको पक्षमा उभिने निर्णय गरेको बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ–‘मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने अनुसारको निर्णय लिएको छु ।’