लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

१९ वैशाख, काठमाण्डौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एकल बहुमतको आधारमा उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था उल्लेख छ ।

आज विहान नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

एकल बहुमत दाबी गरेपनि पोखरेलको पक्षकी सांसद बिमला वलीले एमाले परित्याग गर्नुभएको छ । उहाँ माओवादी केन्द्रमा पुगेपछि एमालेसँग ४० सिट मात्र रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270