एमालेको स्थायी समितिको बैठक सुरु

एमालेको स्थायी समितिको बैठक सुरु


१३ असार, काठमाण्डौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टी एकता, सर्वाेच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि जेष्ठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।

त्यहीबीचमा एकता प्रक्रियाका लागि भन्दै अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपनि उहाँले माधव नेपाल झलनाथसहितको बैठक बोलाउनुभएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर