नेपाली कांग्रेसको १४औं महाधिवेशन संशोधित कार्यतालिका पारित

५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार श्रावण १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिनुभयो । त्यस्तै असार २०..

महन्थद्धारा जसपाको कार्यकारिणी समिती हेरफेरको पत्र निर्वाचन आयोगमा

५ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गरेको पत्र निर्वाचन आयोगलाई बुझाउनुभएको छ । जसपा अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गर्नुभएको छ । मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् । ठाकुरले जेष्ठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गर्नुभएको..

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

४ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्रीलाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई..

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छुः योगेश भट्टराई

४ असार, काठमाण्डौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाउनुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गर्नुभयो । नेता भट्टराईले माधव..

सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गर्ने जसपा (उपेन्द्र समुह)को निर्णय

३ असार, काठमाण्डौँ । । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको बताईएको छ..

सर्वाेच्चलाई राष्ट्रपति र प्रधानमन्त्रीको जवाफ ‘न्यायपालिकाले प्रधानमन्त्री नियुक्ति गर्न मिल्दैन’

३ असार, काठमाण्डौँ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च सर्वाेच्च अदालतलाई प्रतिनिधि सभा विघटनसम्बन्धी लिखित जवाफ पेश गर्नुभएको छ । सारमा दुवैको जवाफ उस्तै खालको देखिन्छ । जसमा प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको जिकिर गरिएको छ । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाउँदा पाँचौं बुँदामा स्पष्टसँग ‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन’ भन्नुभएको छ । जवाफमा भनिएको छ, ‘अदालत आफैले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका..

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

२ असार, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो..

दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’

२ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको छ । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गर्नुभएको हो । आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो । प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा..

कर्णाली प्रदेश सरकार जोगाउन माधव नेपाल समुहका ४ सांसद सक्रिय

१ असार, काठमाण्डौँ । कर्णाली प्रदेश सरकार जोगाउन पुनर्बहाली भएका नेकपा एमालेका चार सांसद सक्रिय भएका छन् । उनीहरु संसदीय दलको बैठकमा समेत अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन एमाले संसदिय दलको तर्फबाट पत्राचार गरिएको थियो । बैठकका लागि आमन्त्रण पत्रको..

एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक विभाजन रोकेर एकताको रसायन निर्माणमा बामदेव गौतम सबैभन्दा सक्रिय देखिनुभएको छ । उहाँले एकता पक्षधर नेताहरुसँग नियमित भेटघाट बढाउनुभएको छ । गौतम निवास भैंसेपाटीमा एकता पक्षधर नेताहरुको आवतजावत बाक्लो हुन थालेको छ । गौतमसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियमित छलफल गर्दै..