राजनीति

प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचनको घोषणा
८ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को (७) बमोजिम प्रतिनिधिसभा बिघटन गरी अर्काे प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मंसिर ३ गते शुक्रबारका लागि तोक्नु भएको राष्ट्रपति कार्यालयका..

ओली भर्सेज देउवाः कस्ले बाजी मार्लान् ?
७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र कंग्रेस सभापती शेरवहादुर देउवाको दाबी पेश भएको छ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ । त्यस्तै काँग्रेस सभापति देउवाले जनता समाजवादी पार्टीका १३ जना र नेकपा एमालेका २७ जनासहित १..

बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यलयमा
७ जेष्ठ, काठमाण्डौँ । संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस..

सहमतिका साथ सरकार बनाउन दलहरूलाई प्रधानमन्त्री ओलीको आग्रह
७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्थामा आफ्नै नेतृत्वमा सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार बनाउन आफूले मार्ग प्रशस्त गरिदिएको उल्लेख गर्नुहुँदै आफूले छलेर सरकार कब्जा गर्न नखोजेको प्रष्ट..

नयाँ सरकार गठनका लागि विपक्षी दलहरु आपत्कालिन छलफलमा
७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि विपक्षी दलहरु आपत्कालिन छलफलमा जुटेका छन् । काँग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरेको छ । काँग्रेसको बैठक सकिएलगत्तै पार्टीको छुट्टै र काँग्रेससँग संयुक्त छलफल गर्ने तयारी माओवादीले गरेको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा अर्को सरकार गठनका लागि २१ घण्टाको समय दिनुभएको छ । प्रधानमन्त्रीको..

नयाँ सरकार गठनका लागि राष्ट्रपतीद्वारा दलहरुलाई २१ घण्टाको समय
६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेष्ठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न..

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी
६ जेष्ठ, काठमाण्डौँ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी हुनु भएको हो । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता तथा वर्तमान गृहमन्त्री थापालाई एक हजार ७४ मतभारले..

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताउनुभएको हो । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नुभएको उहाँले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ३० वैशाखमा प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधान अनुसार ३० दिनभित्र अर्थात २८..

सर्वाेच्च अदालतको आदेशले ७ मन्त्री पदमुक्त
६ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले सांसद नभएका ७ जना मन्त्रीलाई दोस्रोपटक पुनः मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । अदालतको अन्तरिम आदेशपछि ७ पूर्वमाओवादी मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री..

राष्ट्रियसभा सदस्यको उप–निर्वाचन आज
६ जेष्ठ, काठमाण्डौँ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा नेकपा एमाले तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्नुभएको छ । यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी..