कोटेश्वसमा माधव नेपाल, देउवा र प्रचण्डबीच भेटवार्ता

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताईएको छ । आज साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

नरोत्तम बैद्य विरुद्ध मुद्दा दर्ता

३१ जेष्ठ, काठमाण्डौँ । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्य विरुद्ध आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका छन् । एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उहाँले..

जसपालाई निर्वाचन आयोगको जवाफः कारवाही कानूनसम्मत देखिएन

३० जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आज फैसला सुनाएको छ । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी..

माधव नेपालको तन एमालेमा भएपनि मन प्रचण्डसंग छः विशाल भट्टराई

३० जेष्ठ, विराटनगर । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गर्नुभएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर थप शर्तहरु तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ । तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उहाँको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी..

सर्वाेच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’मा जान्छः नेता नेम्वाङ

३० जेष्ठ, काठमाण्डौँ । कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट)मा जाने भएको छ । उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनका लागि सर्वाेच्च जान लागेको एमाले संसलीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले आफूहरु प्रकृयालाई मान्ने भन्दैै कर्णालीका बारेमा केही प्रश्नहरु उठेकाले पुनरावलोकनका लागि जान लागेको बताउनुभयो । नेता नेम्वाङले अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने तर अनावश्यक..

मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने

३० जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले यो संगै विभिन्न निर्णयहरु गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आज विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो..

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र १६ देखि १९ सम्म काठमाडौंमा हुने

२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र महिनाको १६ गते देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो । यसअघि काँग्रेस महाधिवेशन भाद्र ७ गते देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । काँग्रेसको क्रियाशील सदस्यता वितरणको काम केही बाँकी रहेकाले सार्ने निर्णय भएको जनाइएको छ । सभापति..

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

२९ जेष्ठ, कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नेपालीले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर..

सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । हिजो बेलुका प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेश सभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताउनुभएको छ । काँग्रेसले शान्तिपूर्ण..

बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग

२९ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्नुहुँदै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको छ । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो..