राजनीति

प्रधानमन्त्री ओलीको आव्हान ‘बादललाई अत्यधिक बहुमतले विजयी गराऔँ’
५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुन गैरहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापा (बादल)लाई अत्यधिक बहुमतले जिताउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज एक वक्तव्य निकाल्दै निर्वाचनमा एकतावद्ध, संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने उल्लेख गर्नुभएको छ । त्यसैले यस निर्वाचनमा पार्टीका उम्मेद्धवार थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन उहाँले आह्वान गर्नुभएको..

कम्युनिष्ट पार्टी एक हुनुपर्नेमा माओवादी नेता जनार्दन शर्माको जोड
४ जेष्ठ, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा उहाँको जोड छ । नेता शर्माले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताउनुभएको छ..

एमालेको कार्यदल अलमलमा, बैठक अझै अनिश्चित
४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल अलमलमा परेको छ । औपचारिक बैठक नै बस्न नसक्दा कार्यदल अलमलमा परेको हो । यद्यपि नेताहरुले औपचारिक बैठक नबसे पनि आन्तरिक परामर्श र गृहकार्य भइरहेका बताएका छन् । गत आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलबाट दुवैतर्फका पाँच/पाँचजना गरी १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि दुई दिनसम्म..

जसरी पनि यो सरकारलाई विस्थापित गर्नुपर्छः कांग्रेस सभापति देउवा
२५ वैशाख, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज संसदीय दलको बैठकमा निकै प्रष्ट देखिनुभएको छ । कांग्रेस नेताहरुका अनुसार देउवाले प्रष्ट भननुभएको छ–‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक..

आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
File photo. २५ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताउनुभयो । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ ।..

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
२५ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । वैशाख २७ गतेको प्रतिनिधिसभामा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दलको बैठक बोलाईएको हो । सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको वैशाख..

संवैधानिक परिषद्को बैठक आईतवार बस्दै, सभामुख सहभागी नहुने
२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाउनुभएको हो । तर सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा नजाने उहाँको सचिवालयले जनाएको छ । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नुभयो । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी..

देउवा र प्रचण्डवीच भेटवार्ताः कुन–कुन बिषयमा छलफल भयो ?
२४ वैशाख, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सम्पन्न भएको छ । वार्ताका लागि देउवा निवास बुढानिलकण्ठमा प्रचण्ड पुग्नुभएको थियो । आज साँझ दुई नेताबीच अबको रणनीति टुंगो लगाउनेबारे गम्भीर कुराकानी भएको बुझिएको छ । देउवा र प्रचण्डबीचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्ने बिषयमा छलफल भएको थियो । स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउने समिकरणबारे समेत कुराकानी..

एमालेको तर्फबाट बादलको उम्मेदवारी, हेलिकोप्टर मार्फत हेटौंडा प्रस्थान
२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) उम्मेदवार बन्नुभएको छ । उहाँ उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट आज बिहान हेटौंडा पुग्नुभएको छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदैँछ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि बादल बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुग्नुभएको स्रोतले बताएको छ । २०७४..

वार्ता-लकचता दुवै अपनाउने तर जेष्ठ २ मा फर्कनु पर्ने माधव नेपालको अडान कायमै
२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताउनुभएको छ । तर गत २ जेष्ठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटम लाइनमा भने अडिग रहेको उहाँले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गर्नुभएको हो । ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेनुभएको छ । ‘२०७७ फागुन २८..