कांग्रेस नेतात्रय निधि, कोइराला र सिंहबीच आज फेरि ‘लञ्च मिटिङ’ हुने

कांग्रेस नेतात्रय निधि, कोइराला र सिंहबीच आज फेरि ‘लञ्च मिटिङ’ हुने


१५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेतात्रय उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा आज दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाईरहेको छ । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको हो ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका हुन् । कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर