कांग्रेस महाधिवेशनमा पौडेल समुहबाट एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने

कांग्रेस महाधिवेशनमा पौडेल समुहबाट एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने


११ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आफ्नो समुहबाट पार्टीको महाधिवेशनमा एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने निर्णय गरेका छन् । वसन्धुरास्थित दियालो फूडल्याण्डमा भएको छलफलमा नेताहरुले आगामी १४ औँ महाधिवेशनबाट आफ्नो पक्षबाट एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

नेता पौडेलले भने महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट सहयोग पुर्याउने बताउनुभएको थियो । तर, सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता वितरण गर्दा फर्जी र धाँधली गरेको उहाँको आरोप थियो । उहाँले सभापतिलाई कुनैपनि हालतमा पार्टी कब्जा गर्न नदिने भन्दै त्यसको लागि सबै नेता एक भएर अघि बढ्ने कुरा राख्नुएको थियो ।

त्यस्तै, छलफलमा आगामी महाधिवेशनमा नेतृत्वमा को को उठ्ने ? भन्नेबारे पनि चर्चा चलेको थियो । वरिष्ठ नेता पौडेलले आफू सभापतिको स्वभाविक उम्मेद्धवार भएको भन्दै सबैले साथ दिनुपर्ने धारणा राख्नुभएको थियो । युवा नेताहरुले भने सभापतिमा सहमतिकै आधारमा एक जनाले मात्रै उम्मेद्धवारी दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर