सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ

सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ


१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो ।

आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो । ‘माननीय सदस्यहरुलाई मोबाइल नचलाउन हुन म अनुरोध गर्दछु,’ सभामुख थापाले भन्नुभयो ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा ३० अर्ब ३३ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमाथि प्रदेश सभामा छलफल जारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर