कर्णाली प्रदेश सभाका तीन जना एमाले सांसद पुनः निलम्बित

कर्णाली प्रदेश सभाका तीन जना एमाले सांसद पुनः निलम्बित

११ असार, कैलाली । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको बताएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ । ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महीनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेष्ठ २७ गते सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका हुनुहुन्थ्यो भने सोही दिन प्रदेश सभामा समेत प्रतिपक्षको आसनमा बस्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270